Sunday, August 1, 2021
Homeभर्खरैगण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

विजय नेपाल,
sharethis

 

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य भएको छ । प्रदेशसभामा बाँकी कार्यकाल उनले नेतृत्व गर्ने छन् ।

पोखरा सभागृहमा शुक्रबार संसदको आठौं अधिवेशनअन्तर्गत १६ औं बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको हो । सो संख्या प्रदेशसभाका ५९ सदस्यमध्ये बहुमत हो । सभामुख नेत्रनाथ अधिकारीले संसदमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
पोखरेल सरकारले सत्ता निरन्तरता दिन उनको लागि बहुमत अर्थात कम्तीमा ३० मत आवश्यक थियो । प्रस्तावको विपक्षमा भने २७ मत खसेको छ । विपक्षमा मत दिने सबै नेकपा एमालेका सांसद हुन् । संसदमा मतविभाजनको बेला ५८ सांसद उपस्थित थिए । माओवादी केन्द्रनिकट सभामुख अधिकारीले मत विभाजनमा भाग नलिएका हुन् ।

यसअघि कुल ६० सदस्यमध्ये जनमोर्चाका सांसद कृष्ण थापा सर्वोच्चको आदेशले पदमुक्त भएका थिए । गत २९ जेठमा संविधानको १६८ (५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकोले पोखरेलले एक साता नबित्दै विश्वासको मत लिएका हुन् ।

शिक्षक, वकिल हुँदै मुख्यमन्त्री नियुक्त पोखरेललाई काँगे्रेसका १५ सांसदसहित, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चा नेपालका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) को समर्थन छ ।
उनले नियुक्तकै दिन ५ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरिसकेका थिए । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ छन् । उनीहरु सबैले बिना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । मनाङ्गे यसअघि पृथ्वीसुव्वा गुरुङको पालामा युवा तथा खेलकुद मन्त्री थिए । उनले सत्ताकै लागि कित्ता फेरेका हुन् । पोखरेल सरकारले गत १ असारमा आगामी आवको बजेट सार्वजनिक गरिसकेको छ ।

यसअघि २०७४ साल फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री भएका पृथ्वीसुव्वा गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि ३ दिनभित्रै संविधानको धारा १६८ (३) बमोजिम पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर संसदमा विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका हुन् ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

साताका लोकप्रिय समाचार

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

आर्थिक विकासमा महिला समूह

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका...

ट्रेन्डिङ

कुवेतमा छ नेपाली कामदारकाे मृत्यु भएकाे विषयमा मानवअधिकार आयोगकाे चासाे

काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था...

रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)