Tuesday, August 3, 2021
HomeNot-to-be-missedरोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

एजेन्सी,
sharethis

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी र फ्रान्सबीच हुनेछ भने दोस्रो खेल ९:४५ मा पोर्चुगल र जर्मनीबीच हुनेछ । १२:४५ मा स्पेन र पोल्याण्ड भिड्ने छन्

ग्रुप अफ डेथ ठानिएको समूह ‘एफ’ मा आज यूरोकपको साविक विजेता पोर्चुगल र लयमा गुमाएको जर्मनीबीचको खेललाई निक्कै चासोका रुपमा हेरिएको छ । नकआउट चरणको प्रवेशका लागि जर्मनीलाई जसरी पनि जित्नुपर्नेछ । त्यसका लागि उसले पोर्चुगलका मुख्य खेलाडी रोनाल्डोलाई रोक्नुपर्ने छ । उसको रणनीति भनेकै रोनाल्डोलाई रोक्न केन्द्रीत हुनेछ । के त्यो रणनीति सफल होला ?

यता, पोर्चुगलको रणनीति पनि जर्मनीलाई पराजित गरेर उसको तेजोबोध गर्नु हुनेछ । छनोट चरणको अन्तिम खेल पोर्चुगलले फ्रान्ससँग खेल्नुपर्नेछ । त्यसैले उच्च मनोबलका लागि पनि जर्मनीविरुद्धको खेल उसका लागि महत्वपूर्ण हुनेछ ।

हिजो राति भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । उनीहरुले गोलरहित बराबरी खेलेका हुन् । समूह ‘डी’ मा रहेको इंग्ल्याण्डको दुई खेलमा ४ अंक भएको छ । स्कटल्यान्डले भने दुई खेलमा १ अंक जोडेको छ ।

यस्तै गएराति नै भएको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाँडेको छ । दुवैले एक-एक गोल गरेर बराबरी खेलेका हुन् । बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले दुई खेलमा एक अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । दुई खेलमा चार अंक जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी हिजो नै भएको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई एक–शून्यले हराएको हो ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

साताका लोकप्रिय समाचार

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

जयसिंह धामी तुइनमा चढेपछि एसएसबीले डोरी काटिदिए, धामी महाकालीमा बेपत्ता

धनगढी । दार्चुला–भारत जोड्ने दार्चुलाको ब्याँस गाउँपालिका–२ मालमा रहेको तुइँन चढेर महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइँन काटिँदा...

सार्वभौमसत्ताका मालिक जनता कि नेता ?

संविधानले नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित गराएको छ । जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधानसमेत संशोधन गर्न नपाइने व्यवस्था पनि...

३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा...

सशस्त्रका डीआईजी श्रेष्ठको अवकाशपछिको उतारचढाव : अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे...

ट्रेन्डिङ

सेवा अवधि थप्ने सशस्त्रका ६ डीआईजीको प्रयास असफल, आजैदेखि पाए अनिवार्य अवकाश

काठमाडौं । डेढ वर्ष सेवा अवधि थप्ने सशस्त्र प्रहरी बलका ६ जना नायब महानिरीक्षक (डीआईजी) र एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रयास अन्ततः...

गोडैता नगरपालिकाद्वारा नगर सिल, १४ जना संक्रमित प्रादेशिक अस्पतालमा

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा १३ जना कोरोना संक्रमित पुष्टि भएपछि नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाले शुक्रवार १३ जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि कोरोनाको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)