सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा पनि फुर्तिला हुनुमा आफ्नो धातु (आँत) बलियो हुनु रहेको रहस्य बताए । बेंसीसहर नगरपालिका– ३ साबिक गाउँसहर गाविस–५ को थुम्काडाँडा (गाउँसहर) स्थायी बसोबास भएका शताब्दी पुरुष रामबहादुर मालुवा जसको गाउँसमाजमा चिरपरिचित नाम रामे सार्की हो ।

उनका ’boutमा थाहा पाएपछि साक्षात्कारका लागि उनको घरमा बिहान करिब ९ः१० बजेको समयमा पुग्दा उनी बारीतिरबाट घरतर्फ आउँदै थिए । ‘कहाँ गएर आउनु भएको ?’ भन्ने जिज्ञासामा उनले भने, ‘पिसाव फेरेर’ । उनको शौचालय घरभन्दा केही पर रहेछ । यसरी सुरु भयो उनीसँग कुराकानी । उनलाई ‘कति वर्ष पुग्नुभयो ?’ भन्दा उनले हाँस्दै १ सय ३ वर्ष भने । ‘नागरिकता छ ?’ छ, तर यसमा त्यो बेलामा बोल्न नजानेका कारणले उमेर केही कम रहेको बताए ।

हाम्रो कुराकानी सुनिरहेका उनका छोरा रामचन्द्र सार्कीले ‘हाम्रो जेठी फुपु तीन वर्षअघि १ सय १ वर्षमा बितिन् फुपुको र बाको उमेर २ वर्ष फरक हो रे ! ती फुपूदिदीले भनेको सुनेर बाको उमेर १ सय ३ पुगेको भन्ने गरेका छौं’ हामीलाई स्पष्टीकरण दिए । रामचन्द्रका अनुसार बाबुको जन्म महिना जेठ हो त्यसैले यही जेठ महिनादेखि उनी १ सय ३ वर्ष लागेको हुनुपर्छ ।

एक सय वर्ष नाघेपछि रामबहादुर दाँत पलाएका वृद्ध अझै हट्टाकट्टा

त्यही क्रममा रामबहादुरले सुनाए ‘उहिले १ सय वर्ष केटपछि दाँत पलाउँछ भन्थे अहिले मेरो नयाँ दाँत उम्रेको (मसिना दाँत देखाउँदै) साढे दुई वर्ष जति भयो ।’ यसबाट पनि रामबहादुर मालुवाको उमेर १ सय ३ वर्षको भन्दा फरक नपर्ने बुझियो । त्यसो त उनका पहिलेका पनि सबै दाँत झरेका रहेनछन् । पाकेको मासु खान समस्या नभएको उनले सुनाए ।

सोही गाउँमा पैतृक थलो भएका कुले सार्की र सुमित्रा सार्कीका जेठो छोरा रूपमा जन्मिएका रामबहादुरका बुबा ५२ वर्षको उमेरमा स्वर्गे भएका रहेछन् । उनका दुई जना भाइ धनबहादुर र माते पनि बितेको धेरै वर्ष भइसकेको रहेछ । तर, उनी भने अझै हट्टाकट्टा छन् । ‘यो उमेरमा पनि हट्टाकट्टा हुनुको कारण के होला भन्ने ठान्नुभएको छ ?’ भन्ने जिज्ञासामा उनले भने, ‘मेरो धातु (आँत) बलियो, जे खाए पनि पच्छ, त्यसैले म धेरै बाँच्न सकेको हुँ ।’

धातु बलियो बनाउन के कस्ता चिज खाने गर्नुहुन्थ्यो भन्ने अर्को जिज्ञासामा उनले मेरो त कुरा गर्दा पनि लाज हुन्छ, भन्दै जिब्रो झिके र भन्न थाले, ‘एक दिन ६० वटा सेल रोटी खाएँ, बैंसको चढ्दो उमेरमा चार माना चामलको भात र मानो जाने कचौराको दुई कचौरा मासु एक छाकमा खाएको थिएँ ।’ जमानामा दही, दूधले मुछेझैं पाँचमुठी घिउसँग भातमा मुछेर धेरै पटक खाएको सम्झना पनि उनले गरे ।

त्यसरी खाएकै कारणले पनि आजसम्म अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने गरी बिरामी नपरेको रामबहादुरले सुनाए । ‘आफ्नो पालामा लैना बकेर्ना भैंसी, हल गोरु कहिल्यै टुटेन भकारोमा, आजका दिनमा पनि घरमा दूध दिने एउटा भैंसी त पालिएकै छ,’ गर्वका साथ उनले भने ।

आफ्नो पालामा छालाका जुत्ता सिउन खप्पिस भएको र त्यो काममा यता ’roundका कोही पनि आफ्नो सरहका नभएको उनले भने । त्यस कामले यो ’roundका गाउँमा मात्र नभई गोर्खा, तनहुँ पोखरामा पनि आफ््नो निकै नाम चलेको उनले सुनाए । केकेबाट जुत्ता बनाउनुहुन्थ्यो ? भन्ने जिज्ञासामा उनी अकमकाए । किन ? के भयो ? भन्ने प्रश्नमा उनले सुनाए मृगको छालाबाट जुत्ता सिएको भनेर एकपटक झन्डै जेल कोचेनन् ।

‘मेरो उमेरमा ६-७ दिन हिँडेर नेपाल (काठमाडौं) पुगियो, भारी बोकेर गएको बेला भने १३-१४दिन लाग्थ्यो खाने पकाउने सामान बोकेर हिँड्नुपथ्र्याे,’ रामबहादुर भन्छन्, ‘बास बस्न पाटीपौवा हुन्थे, हिउँदका समय ठूलो रूखमुनि पकाइखाइवरी सुतिन्थ्यो, बिहान झिसमिसेमै बाटो लागिन्थ्यो, यस्ता यात्रा कति भए कति ।

तपाईंले पो मार्न हुन्न त अरूले मारेर ल्याएको छालाको बनाउँदा दोष लाग्दैन भनेपछि उनले भने, ‘मृगको बनाइने जुत्तालाई ‘साबरको जुत्ता’ भनिन्थ्यो र त्यो अलिक महँगोमा पनि बिक्री हुन्थ्यो ।’ सुरुसुरुका दिनमा त एक सुका अर्थात् २५ पैसामा एक जोर जुत्ता बेचेको पछिपछि मोहोर (५० पैसा) हुँदै १५÷२० आना (चार पैसाको एक आना)मा बिक्री अनुभव उनले सुनाए ।

एउटा मृगको छाला पाएमा त्यसबाट तीन जोरसम्म जुत्ता बन्ने गरेको उनले सुनाए । त्यसैगरी, गाईकोबाट ५÷६ जोरसम्म हुने गरेको, भैंसीको छालाबाट तलुवा बनाउने गरेको उनले जानकारी दिए । आफूले त्यो सीप आफ्ना बाबुबाट सिकेको बताए । उनले भने, ‘त्यो बेलामा जुत्ता सिउने काम हाम्रो पुख्र्याैली पेसाजस्तै थियो ।’ १४ वर्षको उमेरदेखि नै बुबासँग जुत्ता बनाउन थालेको उनले सम्झे । एउटा मृगको छालाबाट तीन जोर र गाईको छालाबाट ६ जोरसम्म जुत्ता तयार हुने र तलुवाका लागि भैंसीको छाला प्रयोग गर्ने गरेको उनले सुनाए । उनले भने, एकजोर जुत्ता तयार गर्न तीन दिनसम्म लाग्ने गथ्र्याे ।

जुत्ताको कहानी सुनाउँदा उनी निकै उत्साहित देखिन्थे । उनले फेरि थपे, मैले सिलाएको जुत्ता पछिपछि लाहुरेहरूले लाहुर (भारत तथा ब्रिटिस)सम्म पु¥याएको उनले सम्झे । त्यति बेला केही जातमा छालाका जुत्ता लगाउन हुन्न भन्ने पनि थियो । गाउँका जिम्मल मुखिया ठूलाबडाले पनि विस्तारै जुत्ता लगाउन थाले पछिपछि बाटो खुल्यो सामान बजारतिर आउन थाले मिसिनले बनाएको सस्तो राम्रो पाइन थाले गाउँघरतिर कच्चापदार्थ पनि पाइन छोड्यो ।

त्यसैले, पछि त्यो पेसा बाध्य भएर छोड्नुप-यो तर मैले बनाएको जुत्ता जुगैभरि हुन्थ्ये आज बजारमा आएका सबै हेर्दा राम्रा तर नक्कली छन् । सायद सहरबजारतिर भएको भए यो व्यवसाय छोरानातिले पनि गर्थे होलान् । हामी गाउँमा बस्ने मान्छेलाई कसैले पनि कुनै सल्लाहसाहेस्ता दिएनन् पछि यसै छोडियो यो काम उनले दुःखेसो पोखे ।

पढ्नका लागि त्यो बेलामा गाउँमा अहिलेको जस्तो रोजीछाडी स्कुल पनि थिएनन् । मास्टर पनि पाइन्नथ्यो र त्यस जमानामा दलितजातिले पढ्ने भन्ने पनि दुर्लभ थियो, त्यसतर्फ सोच नै गएन,’ उनले भने, ‘एकपटक लाहुरे हुन मन लागेर गोरखपुर पुगें लाहुरे नभएपछि घरमै बसेर जुत्ता सिउने उद्योग चलाएँ । दिनभर काम गर्न जाँदा तीन आना पैसा पाइन्थ्यो । घिउ पनि तीन आना माना पाइन्थ्यो उनले उल्लेख गरे ।

सरकारले दिने गरेको वृद्धभत्ता बुझ्न बेंसीसहर बजारमा रहेको बैंकमा आफू एक्लै गएर आउने गरेको उनले सुनाए । उनले भने, ‘बेंसीसहर बजार पुगेर आउन जान ३ घण्टा लगाएर ओरालो एक्लै वृद्धभत्ता लिएर बजारमा खाजा खान्छु र उकालो लाग्छु ।’ त्यही क्रममा उनले भने, गत वर्ष लमजुङकै पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका–४ साबिकको चक्रतीर्थ गाबिसको अल्काटारमा रहेकी छोरीको घरमा गएर फर्कंदा बिहान खाना खाएर पैदलै हिँडेर आउँदा पनि २ टाँगा घाम बाँकी थिए । बाटोमा भेटभएकाहरूले त्यो कुरासुन्दा सबै दंग परे,’ उनले भने ।

हिजोआज उस्तो काम गर्न नसके पनि वस्तु चराउने करेसाबारीमा काम गर्नेलगायत गाउँघरतिर भेटघाट र गफगाफमा प्रायः दिन बिताउने गरेको उनले जानकारी दिए । यी बाजे गाउँघरतिर हामीले देखेदेखि यस्तै लाग्छ स्थानीय पत्रकार ४० वर्षीय काजी बस्नेतले भने । अझै पनि विवाह, ब्रतवन्ध आदिको भोज भतेर र पुजाआजामा जहाँ पनि पुग्ने गरेको रामबहादुरले सुनाए ।

मध्यम कदका, पातलो गहुँगोरो वर्णका, कान अलिक कम सुन्ने तर सियोमा धागो उन्न सक्ने तेजिला आँखा प्रस्ट र कडा बोली फुर्तिलो शरीरका उनले भने, ‘मेरो उमेरमा ६-७ दिन हिँडेर नेपाल (काठमाडौं) पुगियो । भारी बोकेर गएको बेला भने १३÷१४दिन लाग्थ्यो खाने पकाउने सामान बोकेर हिँड्नुपथ्र्याे बाटामा । बासलाई पाटीपौवा हुन्थ्ये हिउँदको समयमा ठूलो रूखको मुनि पकाइखाइवरी सुतिन्थ्यो, बिहान झिसमिसेमै बाटो लागिन्थ्यो, यस्ता यात्रा कति भए कति’ उनले सुनाउँदै गए, ‘मुक्तिनाथ दर्शन गर्न जाँदा १३-१४दिन लाग्यो, भोट(लार्के)मा नुनलिन जाँदा सात-आठ दिन लाग्थ्यो ।

लार्केबाट १४ पाथीसम्म नुन लिएर आएको उनले बताए । आफ्ना कुराहरू थप्दैपछि तल (भारत)बाट सामान आउन थालेपछि पर्साको ठोरीमा नुनतेल लिन गएको, त्यता जाँदा रातको समयमा हात्ती, गैंडा आउने डरले रातभर आगो बालेर आलोपालो गरी सुत्ने गरेको स्मरण गरे । उनले भने ठोरीमा जान आउनका लागि सात÷आठ दिन लाग्ने गथ्र्याे । पछि २०४२÷४५ सालतिर तुरतुरे भोटेओडार हुँदै त यहीसम्म बाटो खुल्यो सामान घरघरै आए हिजोआज त स्वर्गै भइहाल्यो नि !,’ ती दिन सम्झँदै उनले थपे ।

११ नाति, ६ जना नातिनी, ५ पनाति र ३ जना पनातिनीका धनी रामबहादुरको पहिलो विवाह १३ वर्षकै उमेरमा गरेका थिए । ‘दुःखको कुरा जेठीपट्टि जन्मेका पाँच भाइछोरा र तीन छोरी कुनै पनि बाँचेनन् । अपुताली पर्ने डर भयो । त्यसपछि जेठी श्रीमतीले मलाई हेला नगर सन्तान त चाहिन्छ भनेर आफ्नै बहिनी मागेर विवाह गरिदिइन् । २०२२ सालको जेठमा जेठीपट्टि र साउनका कान्छीपट्टि छोरा जन्मिए । ती दुवै छन् । अहिले दुईवटा छोरा र तीनवटी छोरी छन् । सबै आआफ्नो बाटो लागेका छन् । म जेठीतिरको छोरासँग बस्छु पनातीहरू पनि छन् । मलाई यही छोराले राम्रोसँग पालेको छ । बुहारी पनि असल छिन्,’ उनले भने ।

मुक्तिनाथ दर्शन गर्न जाँदा १३-१४ दिन लाग्यो, भोट-लार्केमा नुन लिन जाँदा सात-आठ दिन लाग्थ्यो

कुनै काम गर्ने इच्छा छ कि ? भन्ने जिज्ञासामा उनले हाँस्दै भने, ‘अब के गर्ने र ? खै केही गर्ने इच्छा छैन ।’ कति बाँच्छु जस्तो लाग्छ ? भन्ने अर्को जिज्ञासामा ‘खै कति बाँचिन्छ, यो कुरा हाम्रो हातमा छैन,’ उनले भने, ‘हामी तीन दाजुभाइ म जेठो हुँ, श्रीमती, भाइबुहारीहरू सबै बिते । म मात्र बाँकी छु ।’

मान्छेको जुनि खानाका लागि दुःख गर्नुपरेको हुनाले आँत मार्नु हुँदैन भन्ने उनको दृष्टिकोण रहेछ । दुःखले (काम गरेर) मरिन्न खान नपाए मरिने हो उनले भने ।

आफ्नो युवाअवस्थाको सम्झना गर्दै उनले भने, ‘पुरानो जमाना राणा राजाको समय हामीजस्ता गरिब दुःखी र तल्लो जात भनेपछि अहिलेको जस्तो सजिलो थिएन । हलो जोत्ने भारी बोक्ने मेलापात गरेर जीवन गुजारा गर्नुपथ्र्याे, फुर्सदको बेला म जुत्ता सिलाउँथे । पछि सबैभाइ छुट्टियौं । त्यो जमानामा जुत्ता किन्ने पनि कमै थिए त्यसमाथि छालाको जुत्ता भन्थे । पछि छोराले खान नपुग्ने भएपछि हलो जोत्ने भारी बोक्नेतिर जाने निर्णय ग¥यो, त्यतै लागियो ।

जिन्दगीमा अनुभूति गरेको सुख, दुःखका घटना’bout गरिएको जिज्ञासामा सुख त कहिले भयो होला र दुःखैदुःख भए तर नयाँ दाँत आउँदा र वृद्धभत्ता पाएको दिन बेसरी खुसी लागेको उनी बताउँछन् । ‘अझै पनि भएको जग्गा जमिनको अन्नपातले घरमा दुई÷तीन महिना खान पुग्छ, बाँकी सबै बेसाएर खानुपर्छ,’ उनले भने ।

अहिलेका केटाकेटी अलिक छाडा भएकोमा उनको चिन्ता रहेछ । ‘हामी त केटाकेटी हुँदा बाबुआमाले भनेको मान्थ्यौं, बाबुआमा भनेपछि डर लाग्थ्यो, काम गर्दा पनि सोध्थ्यौं, अह्राएको मान्थ्यौं । काम सकेर आएपछि पनि यस्तोयस्तो भयो, भन्थ्यौं, सुनाउँथ्यौं सल्लाह माग्थ्यौं । हिजोआजका केटाकेटी त के हो ! के हो नजिक नै पर्दैनन्,’ उनले दुःखेसो गरे ।

‘अझै पनि आफ्ना पुराना कुरा सम्झेर मीठामीठा गफ गर्न त मन लाग्छ । धेरै कुरा मनमा आउँछ तर एक क्षणमै बिर्सने हुँदोरहेछ तपाईंहरू यसरी मलाई सम्झेर आउँदा बेसरी खुसी लाग्यो,’ उनले भने । यसरी एक शताब्दी पार गरेका १ सय ३ वर्षीय वृद्ध भेट्ने अवसर प्रदान गर्ने पत्रकार मित्रद्वय काजी बस्नेत र प्रमोद अधिकारीलाई साधुवाद ! रामबहादुर मालुवाको सु–स्वास्थ्य र दीर्घायुको कामना ! १ सय वर्ष पार गरेका बाआमाको आशीर्वाद लिने अवसर कमै मिल्छ । नजिकको तीर्थलाई सम्मान गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 481 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाका आठ स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी