Tuesday, August 3, 2021
HomeBreaking Newsथप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

मधुजंग पाण्डे,
sharethis

काठमाडौं । पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा जुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस्तो तयारीमा जुटेको हो ।

पर्यटन मन्त्रालयद्वारा सातामा दुईवटा उडानको प्रस्ताव

मन्त्रालयले आगामी साताबाट सबै अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा दुईवटासम्म नियमित उडान खुला गर्ने विषयमा आवश्यक गृहकार्य थालेको जनाएको छ । मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले यस्तो जानकारी गराएका हुन् । सहसचिव लामिछानेका अनुसार अब नेपालमा हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा कम्तीमा सातामा एकदेखि दुईवटासम्म उडान भर्ने प्रस्ताव गरिएको छ ।

उनले अब यस प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत गरेर सम्बन्धित वायुसेवालाई उडान सञ्चालन गर्न दिइने तयारीमा मन्त्रालय जुटेको जानकारी दिए । लामिछानेका अनुसार पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय आयो भने थप अन्तर्राष्ट्रिय उडान खुल्नेछ । जसका लागि आगामी सोमबारसम्ममा निर्णय आइसक्ने अनुमान गरिएको उनले बताए ।

मन्त्रालयका अनुसार हाल कतार, भारत र टर्कीमा मात्रै सीमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिइएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)सहितको मुलुकमा उडान खोल्ने विषयमा भने मन्त्रिपरिषद्बाटै निर्णय आउनुपर्ने भएकाले पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै निर्णय आउने अनुमान गरिएको छ

मन्त्रालयका अनुसार हाल कतार, भारत र टर्कीमा मात्रै सिमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिईएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)सहितको मुलुकमा उडान खोल्ने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय आउनुपर्ने भएकाले पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै निर्णय आउने अनुमान गरिएको उनको छ ।

यसअघि गत बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पनि धेरै नेपाली कामदार भएका मुलुकमा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निणर्य गरेको छ । सोही निणर्यको आधारमा अहिले यस मन्त्रालयले पनि यस्तो तयारी थालेको उनले जानकारी दिए ।

सरकारले कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामका लागि भन्दै गत १६ वैशाखपछि काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा जारी राखेको छ । पटकपटक थपिएको निषेधाज्ञा आगामी सोमबारसम्म कायमै छ ।

नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारी नियन्त्राणका लागि लगाइएको यस्तो निषेधाज्ञासँगै सरकारले गत २० वैशाखबाट आन्तरिक र गत २३ वैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । भारतमा सातामा दुईवटा उडान भने निषेधाज्ञामा पनि जारी थियो । टर्की र कतारमा भने गत २० जेठदेखि मात्र सातामा दुईवटासम्म नियमित उडान खुला गरिएको थियो ।

अहिले थप अन्तर्राष्ट्रिय गन्तव्य मुलुकमा पनि नियमित हवाई उडान खुला गर्नुपर्ने दबाब आइरहेको छ । यसैगरी, नेपालबाट बाहिरिने र भित्रिने हवाई यात्रुका लागि कम्तीमा सातामा एक उडान भए पनि आवश्यक भएको महसुस गरिएकाले अहिले आफूहरूले मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

(Visited 236 times, 1 visits today)
Loading comments...

आजको समाचार

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

साताका लोकप्रिय समाचार

संक्रमण दर ह्वात्तै बढेपछि आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना

काठमाडौं । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

ट्रेन्डिङ

सीमा/नाकामा कडाइ गर

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले संक्रमण नियन्त्रणका लागि वैकल्पिक उपायहरू अपनाउन थालेको छ । लकडाउनको ठाउँमा सटडाउन र प्रचारात्मक सतर्कताको ठाउँमा आमसतर्कतालाई जोड...

‘केटु’ हिमालको सफल आरोहण गरि फर्किएकालाई यसरि गरियो सम्मान (फाेटाेफिचर)

काठमाडौं । संसारकै दोस्रो अग्लो हिमाल ‘केटु’ हिमालको जाडो मौसममा सफल आरोहण गरी विश्व नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)