Tuesday, August 3, 2021
HomeBreaking Newsमहाकाली नदीमा पानीकाे सतह बढ्दै, १० घर डुब्यो

महाकाली नदीमा पानीकाे सतह बढ्दै, १० घर डुब्यो

दीपक ओली,
sharethis

 

धनगढी । अबिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेको छ ।

महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो । ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको तयारीमा रहेको भीमदत्त नगरपालिका १३ का वडा अधयक्ष लालबहादुर शाहीले जानकारी दिए ।

महाकाली नदीमा पानीको बहाब उच्च भएपछि महाकाली नदीमाथि निर्माधिन ४ लेन पुलको ड्याम समेत भत्काएको छ । ड्याम भत्काएपछि आवातजावात बन्द भएको वडा अध्यक्ष शाहीले बताए । बाढी प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको छ ।

नदीमा पानीको बहाव बढ्ने क्रममा रहको बताइएको छ । हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको लागि उद्दार टोलीलाई उच्च सतर्कताको अवस्थामा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । महाकाली नदीमा पानीको स्तर शनिबार साझ १ लाख ७५ हजार क्वीसेक मापन गरिएको थियो । सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक पानी बढेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अति जरुरी सूचना भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपिल जारी गरेको छ । कञ्चनपुर प्रहरी प्रबक्ता डीएसपी अमरबहादुर थापाले पहाडी जिल्लामा वर्षा भइरहेको कारण महाकाली नदीमा निरन्तररुपमा पानीको सतह बढ्दै गइरहेको बताए ।

डीएसपी थापाका अनुसार नदीमा पानीको उच्च बहाव बढेपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।

डीएसपी थापाले सम्भावित खतरालाई ध्यानमा राखेर मातहतका प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन दिदै सोहीअनुसारको पूर्वतयारी गरिएको र नदी क्षेत्रमा गस्तीका लागिसमेत छुट्टै प्रहरी टोली खटाइएको जानकारी दिए ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

साताका लोकप्रिय समाचार

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

घण्टौ सम्म विद्युत आपुर्ती नहुँदा सिन्धुबासी समस्यामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विद्युत आपुर्ती नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा...

ट्रेन्डिङ

चोरको निसाना बन्दै शनि मन्दिर

सिसी फुटेजको आधारमा चोर खोज्दै प्रहरी सप्तरी । सप्तरी सदरमुकाम राजविराज–७ स्थित शनिदेव भगवान मन्दिरमा एक वर्ष नवित्दै शुक्रबार एकाविहान दोस्रो पटक चोरी भएको छ...

नेपाल समूह ‘बी’मा

काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत छनोटको समूह ‘बी’मा परेको छ । यस समूहको सम्पूर्ण खेल ताजिकिस्तानमा आयोजना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)