Tuesday, August 3, 2021
Homeप्रदेशअन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

राजधानी समाचारदाता,
sharethis

 

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ धादिङ समाज जापान, धादिङ समाज युएई, धादिङ समाज कोरिया, धादिङ समाज अष्ट्रेलिया, धादिङ समाज अमेरिका, धादिङ समाज बेल्जियम, धादिङ समाज भारत लगायत विभिन्न देशमा रहेका धादिङवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले बताए ।

पहिलो पटकको कोरोना महामारीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री वितरण, दोस्रो चरणमा खाद्यान्न सामाग्री वितरण र तेस्रो चरणमा “डिजिटल हेल्थ क्याम्प” संचालन गरको समाजले नेपालमा कोरोनाको दोस्रो भेरियन्ट महामारीको रुपमा फैलिएसँगै धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा अत्यावश्यका स्वस्थ्य सामाग्री वितरण गरिएको समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिए ।

दोस्रो चरणको कार्यक्रम अन्तरगत धदिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० वटा र ग्लब्स ३ प्याकेट का दरले स्वास्थ्य सामाग्रीहरु सात स्थानीय तहमा हस्तान्तरण गरिएको थियो ।

समाजले कार्यक्रममा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरु रुवीभ्याली गाउँपालिकाबाट स्वास्थ्य संयोजक राजबहादुर तामाङ, खनियाबाँस गाउँपालिकाबाट स्वास्थ्य संयोजक आइत बहादुर तामाङ, नीलकन्ठ नगरपालिकाबाट सि.अ.न.मी.निरिक्षक मिश्र सिलवाल, बेनीघाट रोराङ गाउँपालिकाबाट स्वास्थ्य संयोजक शंकरबाबु दुवाडी, गजुरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक डा.रामहरी रेग्मी, ज्वालामुखी गाउँपालिकाबाट स्वास्थ्य संयोजक सुजन श्रेष्ठ र गल्छी गाउँपालिकाबाट स्वास्थ्य संयोजक रामप्रसाद ज्ञावलीले बुझिलिएका थिए ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । महासचिव प्रमोद भट्टले संचालन गरेको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्वागत गरेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको हलमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समाजका प्रथम अध्यक्ष अर्जुन प्रसाद धरेल, कोषाध्यक्ष अर्जुन सिटौला, सचिव दिपक कँडेल लगायत विभिन्न राष्ट्रका प्रतिनिधी र स्वास्थ्य संयोजकहरुको उपस्थिती रहेको थियो ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

साताका लोकप्रिय समाचार

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

ट्रेन्डिङ

राजधानीमा पार्किङको सास्ती खोजीमा सहरी राज्यमन्त्री

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने...

कलंकीमा भयानक दुर्घटना, एकको मृत्यु, ९ ओटा गाडीमा क्षति

काठमाडौं । राजधानीको कलंकीमा सोमबार साँझ ब्रेक फेल भएको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)