अर्जेन्टिनाको साँघुरो जित

 

ब्रासिलिया । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेमाथि १–० को साँघुरो जित हात पारेको हो ।

ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए । खेलको आठौं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट गरेको प्रहारलाई उरुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिँदै बचाए पनि नियन्त्रणमा लिन नसकेको बललाई लोउटारो मार्टिनेजले भेट्न सकेन । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो ।

उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २५औं मिनेटमा लुइस सुआरेजको क्रसमा इडिन्सन काभानीले नभेट्दै अर्जेन्टिनी गोलरक्षक इमिलियनो मार्टिनेजले खतरा टार्दै अग्रता जोगाएका थिए । ७५औं मिनेटमा सुआरेजको पेनाल्टी बक्सबाहिरबाट ओभरहेड किकको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा उरुग्वे चुकचुकायो । जितपछि अर्जेन्टिना समूह ‘ए’मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचाैँ स्थानमा रहेको छ । अब अर्जेन्टिनाले समूह चरणको तेस्रो खेलमा २२ जुनमा पाराग्वेसँग तथा उरुग्वेले सोही दिन नै चिलीसँग खेल्नेछ ।

शनिबार नै चिलीले बोलिभियालाई १–० ले पराजित गर्दै कोपा अमेरिका कपमा पहिलो जित निकालेको थियो । एरिना पान्टानल कुइवा, मान्टो ग्रासो ब्राजिलमा भएको खेलमा चिलीको जितमा पहिलो हाफमा बिन ब्रेरेटनले गरेको गोल नै निर्णायक बन्यो । खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए । उनले इडुआर्डाे भार्गासको पासमा गोल गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)