Tuesday, August 3, 2021
HomeBreaking Newsनिषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

राजधानी समाचारदाता,
sharethis

 

काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ ।

यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि दिउसाे ४ बजेसम्म) खुल्ला रहनेछन् ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सी पसलहरु खाेल्न पाइने छ । यी पनि बिहान ११ बजेदेखि दिउसाे ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने तीन जनामात्रै यात्रु राख्न पाइनेछ ।

(Visited 231 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

साताका लोकप्रिय समाचार

सर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सेवामै रहने गरी दिएको अल्पकालीन...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

  काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त...

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

ट्रेन्डिङ

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौँ । सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ...

काँग्रेसभित्र युवा नेतृत्व

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)