Monday, August 2, 2021
Homeप्रदेशबागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

सीडीयोमार्फत मुख्यमन्त्रीलाई पठाइयो ज्ञापनपत्र

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ वजेटमा बागमती प्रदेश सरकारले आफैंले संचारगृह संचालन गर्ने नीति ल्याएपछि पत्रकार महासंघ उपत्यका समितिको समन्वयमा काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै तत्काल निणर्य सच्याउन आग्रह गरेको हो ।

महासंघ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाको समन्वयमा काठमाडौं शाखाका सचिव महेश्वर गौतमले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले आफूले मुख्यमन्त्रीसमक्ष पत्र पठाउने बताए । ‘निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी बागमती प्रदेश सरकार आफैंले सञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गर्दै प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा अघि बढेको महासंघको ठहर रहेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै ज्ञापन पत्रमा ‘संघीय सरकार मातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आमसञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे उल्लेख गरिएको छ ।

देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमति प्रदेशमा रहेको भन्दै पत्रमा आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरिएको छ । यस्तै सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरिएको छ ।

महासंघ काठमाडौं शाखाले प्रदेश सरकार आफैंले संचार गृह चलाउने निणर्य फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझाउन उपत्यका प्रदेश समितिका सचिव रोशनराज पाण्डे, काठमाडौं शाखाका उपाध्यक्ष अप्सरा गौतम र पत्रकार अनुप प्रधान जिल्ला प्रसासन कार्यालय पुगेका थिए ।

(Visited 62 times, 2 visits today)
Loading comments...

आजको समाचार

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

साताका लोकप्रिय समाचार

१३ वर्षमै ओलम्पिकमा स्वर्ण

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले...

स्वास्थ्य संगठन जनशक्ति संरचना भद्रगोलः नेतृत्वमै सेवा समुह एउटा महाशाखा अर्कै

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

  काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

ट्रेन्डिङ

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

संघीय निजामती सेवा विधेयकमा फेरि भाँजो

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले गम्भीरतापूर्वक ध्यान नदिँदा चालु संसद् अधिवेशनबाट संघीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)