Tuesday, August 3, 2021
Homeप्रदेशप्रदेश ३बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन

बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ । विभिन्न सरकारी निकायमा बर्सेनि करोडांैको बेरुजु आउने गरेको र यसले सरकारको सुशासन नियन्त्रण अभियानमा गम्भीर धक्का लाग्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले मातहतका सबै निकायलाई बेरुजु दर न्यून गराउन निर्देशन दिएको हो ।

साथै प्रधानमन्त्री कार्यालयले चालू आर्थिक वर्षको पुँजीगत खर्च न्यून देखिएकाले असार मसान्तभित्र पारदर्शी रूपमा खर्च गर्ने क्रम बढाउन पनि निर्देशन दिएको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको विस्तारित उच्च व्यवस्थापन समूह (ईएसएमटी)को बैठकले बेरुजु फस्र्योट गर्न तथा पुँजीगत खर्च बढाउनुका साथै सुशासन कायम गर्ने, गुनासो व्यवस्थापन गर्ने, तथा बजेट कार्यान्वयनमा विशेष ध्यान दिई अनुगमन तथा मूल्यांकनको भूमिकालाई विस्तार गर्नेलगायतका विषयमा विस्तृत कार्ययोजना तयार पारेको छ ।

उच्चस्तरीय ईएसएमटी बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरकारका सबै निकायको अनुगमन गर्ने र बजेट तथा सरकारका सबै नीति योजना र कार्यक्रमको कार्यान्वयन भए नभएको बारेमा अनुगमन गर्ने र कार्यान्वयन गराउने एक मात्रै शक्तिशाली निकाय हो । आइतबार भएको बैठकमा मुख्य सचिव वैरागीले सरकारको नीति बजेट तथा कार्यक्रम कार्यान्वयन गराउन अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका निकायले सुशासन कायम गर्न सकेमा अन्य निकायलाई पनि सकारात्मक दबाब पर्न सक्ने भन्दै मुख्य सचिव वैरागीले सोहीअनुसार परिचालन हुन कार्यालयका उच्च अधिकारीलाई निर्देशन दिए । यसअघि बसेको इएसएमटीको बैठकले मातहतका निकायले गर्नुपर्ने सुधार कार्य र समस्या समाधानका लागि चाल्नुपर्ने कदमबारे आवश्यक कार्ययोजना बनाउने निर्णय गरेको थियो ।

सो बैठकको निर्णयअनुसार नै आइतबार अध्यक्ष वैरागीको अध्यक्षतामा बसेको ईएसएमटीको बैठकले कार्ययोजना बनाई सोहीअनुसार मातहतका निकायलाई परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राष्ट्रिय सर्तकता केन्द्र, सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रस्ट र लगानी बोर्ड रहेका छन् ।

बैठकले यी सबै निकायलाई अब सशक्त रूपमा परिचालन गरी सरकारको काम कारबाही थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । बैठकमा विगतमा भएका निर्णयको समीक्षा गर्दै बेरुजु फस्र्योट, चालू र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र तयारी एवं सुशासनका विभिन्न पक्षबारे व्यापक छलफल भएको थियो ।

सोही क्रममा मुख्य सचिव वैरागीले सार्वजनिक निकायमा बेरुजु फस्र्योटलाई उच्च प्राथमिकता दिए पनि अपेक्षित नतिजा हासिल हुन नसकेकाले यसका लागि सम्बन्धित निकायका प्रमुखहरूले आर्थिक अनुशासन कायम गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता आंैल्याए ।

चालू आर्थिक वर्षको पुँजीगत खर्च न्यून देखिएको हँुदा असार मसान्तभित्र खर्च गर्न विशेष ध्यान दिनुपर्नेमा उनको मुख्य जोड थियो । बैठकमा मुख्य सचिव वैरागीले राष्ट्रिय आयोजना बैंकलाई मापदण्डमा आधारित बनाई नियमित रूपमा अद्यावधिक गर्ने, राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, ती आयोजनाको अनुगमन र फलोअपको संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याए ।

बैठकले तय गरेको कार्ययोजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नीति योजना तथा बजेट कार्यावयनमा विशेष ध्यान दिई अनुगमन तथा मूल्यांकनमा भूमिका विस्तार गरी बजेटको उद्देश्यअनुसार समयमा नै कार्यान्वयन हुने व्यवस्था मिलाउने, मन्त्रालय तथा मातहतका सबै निकायले सुशासन प्रवद्र्धन, गुनासो व्यवस्थापन, र उजुरी फस्र्योटलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने रहेका छन् ।

यसैगरी, बैठकले चालू आर्थिक वर्षको पुँजीगत खर्च न्यून देखिएको हँुदा असार मसान्तभित्र खर्च गर्न विशेष ध्यान दिने, आगामी आवको योजना तथा बजेट कार्यान्वयनको माइलस्टोन समयमा नै तयार गरी नीति तथा कार्यक्रम नतिजामूलक रूपान्तरणकारी र विकासको दूरगामी सोचअनुरूप कार्ययोजना बनाई कार्यान्वयनको व्यवस्था मिलाउने तथा बेरुजु फस्र्यौटलाई उच्च प्राथमिकतामा राखी फस्र्योटको व्यवस्था मिलाउनेलगायत ६ विषय समेटिएका कार्ययोजना तयार गरेको हो ।

सोही कार्ययोजनाअनुसार विभिन्न निकायलाई काम गर्ने र अनुगमन गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता शर्माले जानकारी दिए ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

साताका लोकप्रिय समाचार

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने...

साउदीमा उँटसंग गाडी ठोक्किँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१...

बाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

  नेपालगञ्ज । बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको...

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

कालिका कन्सट्रक्सनले खनेकाे खाल्डाेमा परेर बालककाे मृत्यु

चुरे मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् । आक्रोशित...

ट्रेन्डिङ

महाकाली नदीमा मछुवाराको जालमा मान्छेको शब

बैतडी । पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि जिहो मंगलवार मृत अवस्थामा फेला परेका छन् । बिहीवार...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)