Friday, July 23, 2021
HomeNot-to-be-missedयुरोकपः पराजित वेल्स नकआउट चरणमा

युरोकपः पराजित वेल्स नकआउट चरणमा

एजेन्सी,

लन्डन । युरोकपको समूह ए अन्तर्गतको अन्तिम चरणको छनोट खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

वेल्सलाई पराजित गर्दै इटली समूह चरणको खेल समाप्तिसँगै तीन खेलमा ९ अंक बटुल्दै शीर्ष स्थानमा रहन सफल भएको हो । वेल्स पराजित भए पनि गोल अन्तरमा अघि रहँदै अन्तिम १६ मा आफ्नो स्थानमा बनाउन सफल भएको छ ।

पहिलो हाफको ३९औं मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । इटलीले हिजोको खेलमा आफ्नो प्रमुख खेलाडीहरुलाई विश्राममा राखे पनि जीत भने आफ्नो पक्षमा पारेको थियो ।

त्यसैगरी गएराती सम्पन्न समूह ए अन्तर्गतको अर्को खेलमा स्वीट्जरल्याण्डले टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै स्वीट्जरल्याण्ड चार अंक बटुल्दै वेल्ससँग बराबरी अंकमा रहे पनि गोल अन्तरका कारण स्वीट्जरल्याण्डले भने अब अन्तिम १६ का लागि अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतिक्षा गर्नुपर्नेछ ।

समूह सी अन्तर्गतको अन्तिम चरणको खेल आज साँझ खेलिदैछन् । आजको खेल नर्थ मेसिडोनिया र नेदरल्याण्डबीच हुँदैछ । अर्को खेल युक्रेनले अष्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ । यी दुवै खेल नेपाली समय बेलुकी ९:४५ बजेबाट सुरु हुँदैछ ।

Loading comments...

आजको समाचार

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

साताका लोकप्रिय समाचार

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

प्रेम आलेसहित ओली समुहका यी सांसदले देउवालाई मत दिए

  काठमाडाैं । केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ र डोल्पाबाट...

समाजवादी क्रान्तिका लागि “आईटी आर्मी”, संयोजकमा चन्द्र भुषण साह चयन

  काठमाडौँ । प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी घोषणा गरिएको छ । युवा...

इंग्ल्याण्ड ४५ रनले विजयी

लन्डन । पाकिस्तानविरुद्धको दोस्रो टि–२० क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ । इंग्ल्याण्डको हेडिङ्लेमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको...

महाधिवेशन समयमा नै सम्पन्न गर

नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाले नयाँ सरकारको कार्यभार सम्हालेसँगै नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रमा फेरि समस्या देखिएको छ । समयमै सम्पन्न गरिनुपर्ने...

ट्रेन्डिङ

बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडी । बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागु हुने भएको छ । सोमबार राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजेसम्म लागू हुने गरी आंशिक...

सरकारी अस्पतालमा फोहोर व्यवस्थापन फितलो

काठमाडौं । अस्पतालहरूलाई रोगबाट मुक्त गराउने थलोका रूपमा लिइन्छ । तर तिनै अस्पतालबाट निस्कने फोहोरका कारण अर्को रोग निम्तिने जोखिम बढेको छ । सरकारी अस्पतालबाट निस्कने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?