Friday, July 23, 2021
Homeखेलडिपाए बार्सिलोनामा अनुबन्धित

डिपाए बार्सिलोनामा अनुबन्धित

एजेन्सी,

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षका लागि अनुबन्ध गरेको हो । सम्झौताअनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछ । उनको बार्सिलोनामा सम्झौता लियोनमा सम्झौता सकिएपछि (३० जुन) पछि सुरु हुनेछ ।

बार्सिलोनाले गत सिजनको दुई ट्रान्सफर बजारमा डिपाएलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, त्यति बेला दुवै क्लबबीच सहमति जुट्न सकेको थिएन । लियोनले गत सिजन डिपाएका लागि गत समरमा २० मिलियन युरो र जनवरीमा १० मिलियन युरो माग गरे पनि बार्सिलोनाले आर्थिक मन्दीका कारण डिपाएलाई अनुबन्ध गर्न सकेको थिएन । अन्ततः फ्रि ट्रान्सफरमा डच प्रशिक्षक रोनाल्ड कोम्यानकोे रोजाइका फरवार्डलाई नयाँ सिजनमा अनुबन्ध गर्न सफल भएको हो । नयाँ सिजनका लागि बार्सिलोनाको यो चौथो अनुबन्ध हो ।

यसअघि बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो, स्पेनिस सेन्टर ब्याक एरिक गार्सिया र स्पेनिस क्लब रियल बेटिसका ब्राजिली राइट ब्याक इमर्सनलाई रोयललाई अनुबन्ध गर्न सफल भएको थियो । अगुएरो र गार्सिया फ्रि ट्रान्सफरमा तथा इमर्सनलाई ९ मिलियन पाउन्ड खर्चिएको थियो । डिपाए अनुबन्धका लागि इटालियन क्लब युभेन्टस र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पनि चासो देखाएका थिए । डिपाए अहिले युरोपेली च्याम्पियनसिपमा व्यस्त रहेका छन् ।

उनको डच (नेदरल्यान्डस्) को टोली एक खेल बाँकी छँदै समूह ‘सी’को विजेताका रूपमा १३ वर्षपछि नकआउट चरणमा प्रवेश गरिसकेको छ । डिपाएले लियोनका लागि गत सिजन ४० खेल खेल्दा २२ गोल र १३ असिस्ट दिएका थिए । उनी २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोन पुगेका थिए । लियोनमा पाँच सिजन बिताउँदा उनले १ सय ७८ खेलमा ७६ गोल गरेका छन् । उनको उच्च प्रदर्शनका बाबजुत लियोन फ्रेन्च लिग वानमा शीर्ष चारमा रहँदा युरोपा लिगका लागि छनोट भएका छन् ।

Loading comments...

आजको समाचार

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

साताका लोकप्रिय समाचार

दुर्गा खरेलकाे गीतमा पूजा शर्माकाे अभिनय

  काठमाडौं । गायिका दुर्गा खरेल र रोशन अधिकारीको स्वरांकृत ‘धर्ती आकाश’ भिडियो प्रिमियर गरिएको छ । चाबहिलस्थित एफक्युब हलमा एक कार्यक्रमबीच प्रिमियर गरिएको हो...

क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।...

सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप : प्रधानमन्त्री देउवा

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

ट्रेन्डिङ

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

डडेल्धुरा । परशुराम नगरपालिका वडा नं.१० का २८ वर्षीय युवक कोरोनासंग जितेर सोमबार घर फर्किएका छन् । डडेल्धुरा जिल्लाका पहिलो कोरोना संक्रमित युवाको दोश्रो...

लोकदोहोरीमा देखिएको विकृतिविरुद्ध कलाकार चिन्तित

काठमाडौं । लोकदोहोरी संगीतकर्मीहरूले विदेशी संगीतको हस्तक्षेप रोकेर नेपाली लोकसंगीतलाई माथि उठाउने प्रण गरेका छन् । लोकदोहोरी गायक गायिकाहरूको संस्था राष्ट्रिय लोक तथा दोहोरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?