Tuesday, August 3, 2021
Homeखेलपुलिसले तीन खेलाडी प्रशिक्षणमा नपठाउने

पुलिसले तीन खेलाडी प्रशिक्षणमा नपठाउने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिले आफ्ना तीन खेलाडी आधारभूत तालिममा रहेकाले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । फिलिपिन्समा भदौ १३ देखि २० गतेसम्म आयोजना हुने एभीसी एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले ३० खेलाडीलाई असार १ गतेबाट प्रशिक्षणमा राख्दा पुलिसका ७ खेलाडी प्रारम्भिक चरणमा परेको थियो । त्यसमध्ये पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङलाई प्रशिक्षणमा पठाउन नसकिएको भन्दै नेपाल भलिबल संघलाई पत्राचार गरेको छ ।

तीनै जना प्रहरी जवानको आधारभूत तालिममा समावेश भइरहेको र तालिममा अन्तिम चरणमा रहेकाले पठाउन नसकिएको पत्रमा उल्लेख छ । स्पाइकर पुनम यसअघि राष्ट्रिय टोलीमा रहेकी थिइन् । पुलिसका लागि पछिल्लो समय कम अवसर पाइरहेकी उनी नेपालले एभीसी सेन्ट्रल जोनमा स्वर्ण र १३औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा टोलीमा थिइन् । लिबेरो शान्तिकलाले अन्तिम टोलीमा स्थान बनाउन सकेकी थिइनन् । स्पाइकर कामना भने चोटपछि पुनरागमन गर्दै पहिलोपटक टोलीमा परेकी थिइन् ।

पुलिसका बाँकी खेलाडी कमला पुन, मनीषा चौधरी, लक्ष्मी चन्द र उषा भण्डारीलाई भने बन्द प्रशिक्षणमा उपलब्ध गराएको उल्लेख गरेको छ । अब बन्द प्रशिक्षणमा २७ खेलाडी मात्र रहनेछन् । टोलीमा २ जना मात्र लिबेरो रहेकोले अब खेलाडी थप्ने वा नथप्ने भन्नेबारे केही दिनमा निर्णय हुने संघले जनाएको । प्रशिक्षणमा त्रिभुवन आर्मी क्लबका सर्वाधिक ८, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र होगांन्जी न्यु डायमन्ड क्लबका समान ७ र भरतपुरका सरस्वती कट्टेल बन्द प्रशिक्षणमा रहेका थिए । अब पुलिसका ४ खेलाडी मात्र रहनेछन् ।

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टोलीको सहभागिता रहने पक्का भएको छ । ५ राष्ट्र चीन, न्युजिल्यान्ड, इन्डोनेसिया, श्रीलंका र भियतनामले अन्तिम समयमा नाम फिर्ता लिएको एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले जनाएको छ । अब च्याम्पियनसिपमा फिलिपिन्स (आयोजक), जापान, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, थाइल्यान्ड, अस्ट्रेलिया, भारत, हङकङ, नेपाल र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपका लागि नेपालले १ असारबाट प्रारम्भिक चरणमा ३० खेलाडीलाई राख्दै प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षकमा जगदिशप्रसाद भट्ट रहँदा सहायक प्रशिक्षकमा कुमार राई र ट्रेनीमा महिला राष्ट्रिय भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ रहेकी छन् ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

साताका लोकप्रिय समाचार

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य...

सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

ट्रेन्डिङ

पहिरामा परी ३ जनाको मृत्यु, पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र...

वर्षासँगै बाढीपीडितमा देखिएको झाडापखाला

  मनसुन सुरु भएसँगै देशभर बाढी र पहिरोको प्रकोप बढेको छ । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी समाचारमा शीर्षस्थानमै छन् । पानी तथा सरसफाइजन्य समस्याले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)