Tuesday, August 3, 2021
HomeEditor-Picksचुरेमा बादल देखिनासाथ बाँतर बस्तीकाे निन्द्रा हराउछ

चुरेमा बादल देखिनासाथ बाँतर बस्तीकाे निन्द्रा हराउछ

गाेपालप्रसाद बराल,
sharethis

 

महाेत्तरी ।  उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन् ।

“हेर्नुस् हजुर, नदी बस्ती छेउमै आइपुगेको छ, शिर (नदी उद्गमस्थल, चुरे पहाड) तिर पानी परेजस्तो छ, अनि कसरी निदाउनु ?”, बस्तीका ६० वर्षीय रामदयाल सर्दारले भने । रातु नदीमा पूर्वपश्चिम राजमार्गमुनि बनेका तीन भँगालामध्ये माझको बहाव हुनेगरी तटबन्ध गरिएको छ । यही बहावको नदी तटमा रहेको पलार बस्ती नजिक तटबन्ध नहुँदा यहाँका बासिन्दालाई सधैँभरि बाढीको डर बनेको हो ।

“मास्तिर (भङ्गाहा–४ माथि बर्दिबास नपाक्षेत्र) र तलतिर (भङ्गाहा–१, २ र बलवा नपाक्षेत्र) रातुमा दुवै किनारामा तटबन्ध गरिएको छ”, सो बस्तीकी ७० वर्षीया पल्टी बाँतर भन्छन्, “हामी गरिब बसेको ठाउँ कसको नजर परोस र ।” गरिब र निमुखा भएकैले आफ्नो बस्ती बचाउबारे कुनै नेता र निकायको आँखा नपरेको पल्टीको गुनासो छ ।

करिब ३०/३५ घरको गुजुमुज्ज यो बस्तीमा दुई/तीन घर थारुबाहेक सबै बाँतर जातिका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनाले निकै पछि परेको यो बस्तीमा अहिलेसम्म प्रवेशिका (पहिलेको एसएलसी, अहिले माध्यमिक तह) उत्तीर्ण गरेका कोही छैनन् । शैक्षिक सत्रको प्रारम्भमा विद्यालय भर्ना कार्यक्रममा यहाँका केही बालबालिकाको नाउँ लेखिए पनि घरको गरिबीले ती विद्यालयमा टिक्दैनन् ।

करिब ३०/३५ घरको गुजुमुज्ज यो बस्तीमा दुई/तीन घर थारुबाहेक सबै बाँतर जातिका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनाले निकै पछि परेको यो बस्तीमा अहिलेसम्म प्रवेशिका (पहिलेको एसएलसी, अहिले माध्यमिक तह) उत्तीर्ण गरेका कोही छैनन्

आफ्नो यस्तै अवस्थाले उपेक्षित हुनुपरेको भन्नेचाहिँ अब यो बस्तीका अभिभावकलाई पर्ने गरेको छ । “हाम्रो बस्तीमा पढेलेखेका भनसुन गर्नसक्ने कोही भएनन्”, बस्तीका ४५ वर्षीय महेश सर्दार भन्छन्, “त्यसैले हाम्रो कतै सुनवाइ हुँदैन, अबचाहिँ दुःख खेपेर भए पनि नानीहरुको पढाइ नरोक्ने प्रण गरेका छौँ ।” आफ्ना नातिनातिना अब नियमित विद्यालय गइरहेका महेश बताउछन् ।

बर्खा लाग्यो कि बाढीको त्रासले छुने यो बस्तीमा पछिल्लो कालमा केही वर्षयता नदीमा जथाभावी उत्खनन बढेपछि जोखिम बढ्दै गएको हो । पलार उत्तर बर्दिबास छुने सीमासम्म १५ भन्दा बढी क्रसर सञ्चालनमा छन् । अनियन्त्रित उत्खननले गर्दा नदीले बहाव फेर्दै बस्तीसम्म पुगेपछि यहाँ पहाडतिर पानी पर्नासाथ बाढीको डर बढेको भङ्गाहा–४ कै रामनगर बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता हरिदेव साह बताउछन् ।

रातुको बाढीको जोखिम पलारसँगै भङ्गाहा–४ कै थारुटोल बनरा, टोका, भङ्गाहा–६ को जमुनियाँ, हतिसर्वा, पुर्वारीसग्रामपुर, भङ्गाहा–२ को बखरीमा पनि उच्च छ । पलारदेखि दक्षिण यसअघि नदी किनारमा निर्मित तटबन्ध २०७६ सालको बर्खे भेलले भत्काएपछि बखरी, सग्रामपुर, हतिसर्वा, भङ्गाहा–२ को सिङ्ग्याही, भङ्गाहा–१ को कविलाशा र बलवा नगरपालिकाका भगवतीपुर, लेउरी, भलनीसहितका बस्ती पनि बाढीको जोखिममा रहेका छन् । बाँधिएको तटबन्ध छेउबाटै बालुवा र ढुङ्गा उत्खनन गरिँदा बनेको खाल्डोले सानै बाढीमा पनि तटबन्ध खुकुलिएर भत्केको नेपाली कांग्रेस भङ्गाहा नगर समितिका सभापति रुपनारायण सिंह थारुले बताए ।

“लाग्छ, नियमन गर्ने कुनै निकाय नै छैनन्, जथाभावी उत्खननले विपत्ति जोखिम बढाउँदो छ, नियन्त्रणको चासो सम्बद्ध निकायमा देखिँदैन”, सिंहले भने । नगर कार्यपालिका र वडा कार्यालयको सम्मति र स्वीकृतिबेगर क्रसर सञ्चालन गर्न नपाइने कानूनी प्रावधान भए पनि स्थानीय जनप्रतिनिधिमा यो चासोले प्राथमिकता नपाएको भङ्गाहाका सिंहसहितका राजनीतिक दलका अगुवा बताउँछन् ।

अहिले बस्ती/बस्ती सखाप पार्नेगरी बढेको बाढीको जोखिमको निदान शिरदेखि नै बुझ्नु पर्ने भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंहकाे भनाइ छ । चुरे विषयमै विद्यावारिधि गरेका सिंहले चुरे शृङ्खलामा बढेको अव्यवस्थित बसोबास, विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययन बिनानै पहाड भत्काउने बढ्दो लहर, चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन, खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको बताए ।

“अहिले त केही बस्ती जोखिममा रहेका, केही घर बाढीले लगेका र केही जग्गा कटान भएका समस्या सुन्दैछौँ”, डा सिंहले भने, “चुरे पहाडी शृङ्खला, नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ, यहाँका उब्जाउ जग्गा बालुबुर्ज मरुभूमिमा परिणत हुनेछन् ।” धेरैजसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको सङ्कल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने डा सिंहको विश्वास छ । यद्यपि यस भेगका धेरैजसो स्थानीय तहको नेतृत्व क्रसर सञ्चालककै वरिपरि देखिनाले तत्काल सकारात्मक कदमका लागि अब जनदवाब नै आवश्यक देखिएको डा सिंह बताउछन् ।

यसैबीच चुरे शिखरसम्म भूगोल समेटिएको जिल्लाको एकमात्र बर्दिबास नगरपालिकाले अवैज्ञानिक र अनियन्त्रित उत्खनन हुने क्रम रोक्ने जनाएको छ । “विधि, प्रक्रिया र मापदण्ड नाघेर हुने/भएका उत्खनन रोक्न हामीले निर्णय नै गरेर कारवाही अघि बढाएका छौँ”, नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “स्थानीय प्रहरी/प्रशासनको साथ पाए जथाभावी उत्खनन रोक्न सकिने हाम्रो विश्वास छ ।”

नगरपालिकाले यस्तो प्रतिबद्धता जनाए पनि रातु नदी र नदीउकास क्षेत्रमा उत्खनन नरोकिएको यस भेगका बासिन्दा बताउँछन् । “खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गा-हो !”, बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्छन् “नगरप्रमुखले अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनु भए पनि डोजर, एस्काभेटर चल्न छाडेका छैनन् ।” कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रियामै लगिए मात्र यो क्रम नियन्त्रण हुनसक्ने दाहालसहितका यस भेगका सर्वसाधारण बताउँछन् । जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा क्रसर सञ्चालन हुँदै आएका छन् । रासस

(Visited 393 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह...

१ हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, तलब २ लाख रुपैयाँ

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका...

‘तिमी छौ र’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित 'तिमी छौ र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल...

ट्रेन्डिङ

के होला १० बुँदे सहमति ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएपछि एकताका लागि १० बँुदे सहमति भयो । यही २७ असारमा भएको १० बुँदे सहमतिपत्र एमाले...

‘अत्यावश्यक वस्तु र खाद्यान्न आपूर्तिमा समस्या छैन’

काठमाडौं । लकडाउनले अत्यावश्यक खाद्यान्न आपूर्तिमा कुनै समस्या नहुने उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्टले बताएका छन् । मन्त्री भट्टले सरकारी तथा निजी क्षेत्रसँग...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)