Tuesday, August 3, 2021
Homeअर्थअर्थतन्त्रमा साना व्यवसायको योगदान उच्च : गर्भनर

अर्थतन्त्रमा साना व्यवसायको योगदान उच्च : गर्भनर

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारले साना तथा घरेलु व्यवसायको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा सोमबार वेबिनार मार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।संसार भरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने झण्डै ९९ प्रतिशत रहेको भन्दै अधिकारीले कार्यक्रममा भने, ‘नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ ।’

गतसालको मौद्रिक नीतिमार्फत राष्ट्रबैकले ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका दावी गर्दै गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जाका लागि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरिएको उनको भनाई थियो । पुर्नकर्जामध्ये ७० प्रतिशत १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको अधिकारको भनाई थियोा ।

यस अगाडि साना उद्योगीले पुर्नकर्जा लिएको इतिहास नभेटिएको भन्दै गत वर्ष मात्रै साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाएको बताए । ‘त्यो महत्वपूर्ण उपलब्धि हो हाम्रो नयाँ पोलीसीको जस्तो लाग्छ ।’ उनले भने ।

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिए ।
साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।

केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उनले खुल्ला रुपमा गुनासो आउने गरेको बताए । ‘कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुर्नकर्जाको लागि जाँदा तपाइहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ ।’ उनले भने ‘बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई पीडित बनाएको छ ।’ राष्ट बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागु गर्ने सन्दर्भमा भावनात्मक हुन नसकेको, संवेदनशील हुन नसकेको हामीले बुझेका छौं ।’ उनले भने ।

महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागु गर्न नसकेको बताए । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतको सहभागिता रहेको थियो ।

 

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

साताका लोकप्रिय समाचार

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

स्वास्थ्य संगठन जनशक्ति संरचना भद्रगोलः नेतृत्वमै सेवा समुह एउटा महाशाखा अर्कै

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन...

कालिका कन्सट्रक्सनले खनेकाे खाल्डाेमा परेर बालककाे मृत्यु

चुरे मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् । आक्रोशित...

एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष...

ट्रेन्डिङ

पाल्पामा जीप दुर्घटना, दुईको मृत्युु, ६ घाइते

काठमाडौं । पाल्पामा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको...

कोरोनाको कारण ब्रह्मास्त्रको बजेट बढ्ने

मुम्बई । भारतमा लकडाउन केही खुकुलो भएपछि फिल्म निर्माता आफ्नो फिल्मको छायांकनमा चाँडै जाने तयारीमा जुटेका छन् । तर, अहिलेको अवस्थामा सामाजिक दूरी कायम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)