Monday, August 2, 2021
HomeBreaking Newsअस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

दीपक ओली,
sharethis

 

धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् ।

सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसदहरुले विशेष समयमा बोल्दै सो माग गरेका हुन् । अस्मिता घट्नाको सत्यतथ्य छानविन गरी मृतक परिवारलाई राहतको व्यवस्था गर्न डेडल्धुराकी सांसद कुन्ती जोशीले बताईन् । ‘कोभिड खोप लगाई स्वास्थ चौकी जादै गर्दा बाटोमा भएको घट्नाको सत्यतथ्य छानविन गर्न प्रदेश सरकारसंग माग गदर्छु’, सुदूरपश्चिम प्रदेश सभाको बैठकमा विशेष समयमा उनले भनिन् ।

‘प्रदेश सरकारले घट्नाको थप अनुसन्धान गरी छानविन गरी पीडित परिवार संग राहतको माग गर्दछु ।’ उनले मृतक अस्मिताको नाबालिकाहरुलाई पालन पोषणमा प्रदेश सरकारले गम्भिर बन्नु माग गरिन् ।

यस्तै सांसद पठानसिंह बोहराले पनि मृतक अस्मिता घट्नासत्यतथ्य छानविन गर्न माग गर्न दोहोरिए । ‘अस्मिता घटनाको पोष्टमार्टमका लागि पनि भनसुन गर्न प¥यो’, उनले भने । ‘यसमा प्रदेश सरकारले चासो दिहोस् ।’

असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको शव तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा परीक्षण गरिएको छ । पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको जनाएको छ ।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु-याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।

उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको भएपनि शरीरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन् ।

यद्यपि प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ ।

यस्तै सोमबारको प्रदेश सभा बैठकमा काँग्रेस सांसद भरत खड्काले पनि डोटी, बाजुरा र बझाङमा पहिरोमा परि मृत्यु भएका परिवारलाई राहतको व्यवस्था गर्न प्रदेश सरकार संग माग गरे । सांसदहरु गोविन्द बोहरा, प्रेमप्रकाश भट्टले पनि अस्मिता घट्नाको सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

 

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

साताका लोकप्रिय समाचार

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

‘तिमी छौ र’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित 'तिमी छौ र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल...

अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा

काठमाडौं । अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा भित्रिएको छ । अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन बिम विग आईसल्याण्ड मिल्कलाई नेपालका लागि आधिकारिक...

ट्रेन्डिङ

रश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे

मुम्बई । बिग बोसको १३ औ सृङ्खलामा सहभागी टेलिभिजन कलाकार रश्मि देसाईले १६ वर्षको उमेरमा काष्टिङ काउचको शिकार भएको खुलासा गरेकी छिन् । उनी...

२०७६ मा चलेनन् महँगा नायिकाका फिल्म

काठमाडौं । २०७६ साल व्यावसायिक हिसाबले नेपाली चलचित्रमा महँगा अभिनेत्रीका लागि फलदायी रहेन । वर्षभरि रिलिज भएका ५६ चलचित्रमध्ये ६ वटा मात्रले नाफा कमाउँदा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)