Tuesday, August 3, 2021
Homeअर्थधुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

हुमाकान्त पोखरेल,
sharethis

 

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । गाउँपालिकाले उत्पादनमा आधारित अनुदान, मासुमा आत्मनिर्भर गाउँपालिका, दुध उत्पादन, सितभण्डार संचालन लगायतका बिषयमा गाउँपालिकाले सफलता हाँसिल गरेको दाबी गरेको छ । धुर्कोट कोटको पुननिर्माण तिब्र रुपमा भएको, कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागु भएको, पछिल्लो चार बर्षमा पालिकामा ९६ वटा विद्यालयका भवन बनेको, सातमध्ये छ वटा स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गृह संचालन लगायतका उल्लेख्य काम गरेको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाले कोरोना कारण रोजगार गुमाएर गाउँ फर्किएकाहरुलाई कृषिमा प्रेरित गर्नका लागि विभिन्न अनुदान, तालिम, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने जनाएको छ । २५ रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन बर्षसम्म अनुदानको ब्यवस्था, व्यवसायिक च्याउ खेती, वडा नम्बर १ नयाँगाउँमा सुन्तला नर्सरीको स्थापना तथा प्रत्येक हप्ताको एक बार एउटा वडामा घुम्ती हाटबजार संचालन गर्ने नीति गाउँपालिकाबाट पारित भएको छ ।

केन्द्रमा औद्योगिक ग्राम

धुर्कोट गाउँपालिकाले गाउँपालिकाको केन्द्र बर्बोटमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । परम्परागत रुपमा रहेका आरन, सिलाई–कटाई तथा जुत्तासिलाई व्यवसायलाई प्रवद्धन गर्ने, डोका, नाम्ला, डाला लगायतका स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादित सामग्रीलाई गाउँपालिकाले बजारीकरण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिए ।

धुर्कोट कोटमा निर्माणाधिन संग्राहालय यसै बर्ष सम्पन्न गर्ने, गाउँपालिकाभित्रका महत्वपूर्ण पर्यटकीय ठाउँहरुलाई कृषि पर्यटन तथा प्रत्येक वडाबाट एकवटा पर्यटकीय क्षेत्र छनोट गरी प्रचार–प्रसार गरिने गाउँपालिकाले जनाएको छ । अभिभावकबिहिन बालबबालिकाहरुलाई माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गाउँपालिकाले गर्ने, पाञ्चायन माविमा निर्माणाधिन छात्रावासलाई संचालनमा ल्याउने, कृषिमा अध्ययनरत विद्यार्थीहरुको घर कृषि टनेल निर्माण गर्ने कार्यक्रम पनि गाउँपालिकाका प्राथमिकतामा परेका छन् । यस बर्षसम्म पालिकाका ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, जैसिथोकमा ल्यान्डफिल्ड साइड संचालन गर्ने, अपाङ्गहरुले संचालन गर्ने व्यवसायका लागि मेसिन खरिदमा ८० प्रतिशत अनुदान दिने कार्यक्रम धुर्कोटले राखेको छ । त्यस्तै धुर्कोट गाउँपालिकालाई आधारित बनाई पत्रकारिता गर्ने पत्रकारलाई विशेष सहयोग गर्ने कार्यक्रम पनि समेटिएको अध्यक्ष पोखरेलले बताए ।

 

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

साताका लोकप्रिय समाचार

पूर्वसभामुख महराले पाए सफाई

  काठमाडाैं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल...

थप ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना...

११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

ट्रेन्डिङ

डा. सिके राउतले शंख फुकेर कोरोना बिरुद्ध एकता प्रदर्शन

जनकपुरधाम । कोरोना भाइरस विरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज आफ्नै घरमा शंख बजाएका छन् ।...

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । समसामयिक विषयमा छलफल गर्न एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)