आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले ६० करोड रूपैयाँको प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १ सय २० वटा शाखा कार्यालयबाट बिमितलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै, कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ता आबद्घ रहेका छन् । कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एप्समा राखिएको च्याटबोटमार्फत बिमित तथा अभिकर्ताका लागि उपयोगी हुने विविध सेवा तथा सूचना प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आईएमई बैंक, आईएमई गु्रपलगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ रहेको छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रूपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चक्रघट्टामा जसपाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित