संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र बाँकी रहँदा संशोधित लक्ष्यको पनि १९ प्रतिशत राजस्व उठ्न सकेको छैन ।

गत वर्षकोे बजेटमार्फत सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख राजस्व उठाउने लक्ष्य लिएको थियो । तर त्यसलाई मध्यावधि समीक्षा गर्दै १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाखको संशोधन लक्ष्य प्रस्तुत गरेको थियो । मध्यावधि संशोधनमार्फत १ खर्बको राजस्व घटाएको सरकारले संशोधित लक्ष्य पनि भेटाउन सक्ने अवस्था छैन।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सोमबारसम्ममा कुल ८ खर्ब २० अर्ब २९ करोड ५१ लाख रुपैयाँ मात्र राजस्व उठेको छ । संशोधित लक्ष्य भेटाउनका लागि सरकारले दैनिक १० अर्ब राजस्व उठाउनुु पर्ने हुन्छ । निषेधाज्ञा र कोभिड महामारीका कारण व्यवसाय ठप्प जस्तै भएको बेला यो लक्ष्य भेटाउन सकिने अवस्था छैन ।

सरकारले सोमबारसम्ममा कर राजस्व ७ खर्ब ६५ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ उठेको तथ्यांक छ । सरकारले यो शीर्षकमा ८३ दशमलव ९ प्रतिशत मात्रै उठाएको छ । यसमा सरकारको लक्ष्य १० खर्ब ९ अर्ब १६ करोड १८ लाख रुपैयाँ वार्षिक लक्ष्य रहेकोमा मध्यावधि समीक्षा मार्फत ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कायम गरिएको थियो ।

हालसम्ममा ८१ प्रतिशत मात्र राजस्व संकलन

९८अर्ब ८० करोड ९४ लाखको लक्ष्य रहेको गैरकर राजस्वमा पनि ५४ दशमलव ९६ प्रतिशतमात्र राजस्व उठेको छ । ६० अर्ब ५२ करोड ७७ लाख लक्ष्य रहेको अनुदान पनि १६दशमलव ६५ प्रतिशतको मात्र प्रगति रहेको छ । सरकारले १० अर्ब ७ करोड ५४ लाख मात्र अनुुदान उठाउन सकेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा भने ७ खर्ब ९७ अर्ब ३३ करोड संकलन भएको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २५ दशमलव ४ प्रतिशतले वढी हो भन्दै अर्थमन्त्रालय मख्ख छ । यस अवधिमा कर राजस्व ७ खर्ब ९ अर्ब ६२ करोड र गैर कर राजस्व ५१ अर्ब ३८ करोड उठेको छ । वैशाख सम्ममा गत वर्षको तुलनामा २८ दशमलव ६प्रतिशतले वृद्धि भएको छ भने गैर कर राजस्वमा ६दशमलव ५ प्रतिशत संकुचन भएको छ ।

सरकारले भन्सार महसुलबाट वैशाखसम्ममा १ खर्ब ६८ अर्ब १७ करोड राजस्व संकलन गरेको छ । यसैंगरी मुल्यअभिवृद्धि करबाट २ खर्ब ३० अर्ब ९४ लाख, अन्तशुल्कबाट १ खर्ब १४ अर्ब १८ करोड उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । यसैंगरी आयकरबाट १ खर्ब ७७ अर्ब ५६करोड उठेको छ भने अन्य करबाट १८ अर्ब ७३ करोड उठेको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार महसुल लक्ष्यभन्दा ५ प्रतिशत वढी उठिसकेको छ भने मुुल्यअभिवृद्धि कर ५ प्रतिशत उठ्न बाँकी छ । यसैंगरी अन्तशुल्क १० प्रतिशत उठ्न बाँकी छ । आयकर भने १ प्रतिशत मात्र उठ्न बाँकी रहेको छ । सवैभन्दा कमजोर रुपमा कर उठेको गैर कर रहेको छ । हालसम्ममा लक्ष्यको ६७ प्रतिशतमात्र गैर करबाट राजस्व उठेको छ ।

सरकारले गतवर्षको वैशाखसम्मको तुलनामा यो वैशाख सम्ममा ९९ दशमलव १ प्रतिशत राजस्व संकलन भएको दावी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाकाे माथागढीमा एमालेको जित