Sunday, August 1, 2021
HomeNot-to-be-missedबेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

एजेन्सी,
sharethis

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे । यो जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ ।

यसैगरी रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । गएराति भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक–एक गोल गरेका थिए । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

यसैगरी गएराति नै सम्पन्न अर्को खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३ गोल ठोक्यो । म्यासेडोनियाले कुनै गोल गर्न सकेन । नेदरल्याण्डका लागि कप्तान जर्जिनियो विनाल्डमले २ र मेम्फिस डिपेले १ गोल गरेका थिए ।

यो जितसँगै नेदरल्याण्ड समूह चरणका सबै खेल जितेर दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अस्ट्रिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

अस्ट्रियाका लागि बोम्गाटर्नले गोल गरे । युक्रेनको पनि अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

युरोकप फुटबलमा आज दुईवटा खेलहरु हुँदैछन् । आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

साताका लोकप्रिय समाचार

संक्रमण दर ह्वात्तै बढेपछि आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना

काठमाडौं । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे...

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका...

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य...

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन...

ट्रेन्डिङ

मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको सहभागितामा अन्तरक्रिया भयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र यति सकर क्लबसँगको सहकार्यमा मेलबर्न माइन्ड एक्सप्रेसले उक्त...

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)