Sunday, August 1, 2021
Homeखेलडेम्बेलेले युरो गुमाउने

डेम्बेलेले युरो गुमाउने

एजेन्सी,
sharethis

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए । ५७औं मिनेटमा एड्रिएन राविओटको स्थानमा मैदान छिरेका डेम्वेलेले चोट बोकेपछि ८७औं मिनेटमा मैदान छाड्नुपरेको थियो । उनी त्यो बेला नै घुँडामा चोट बोकेको संकेत गरेका थिए ।

फ्रान्सेली फुटबल फेडेरेसन (एफएफएफ)ले डेम्बेलले युरो कपका बाँकी खेल गुमाउने पुष्टि गरेको छ । उनको घुँडाको थप जाँच गर्दा उनले युरो कप खेल्न नसक्ने बताइएको छ । तर, चोट कस्तो गम्भीर हो भन्ने विषयमा भने केही बताइएको छैन । फ्रान्सलाई नकआउट चरणमा पुग्नका लागि पोर्चुगलसँगको खेल निकै महŒवपूर्ण रहेको छ । उसले पोर्चुगलसँग बुधबार खेल्ने छ । उसले दुई खेलमा ४ अंक बनाएको छ । पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको फ्रान्स हंगेरीसँग बराबरी खेलेको थियो ।

यस्तै स्टकल्यान्डका युवा मिडफिल्डर विल्ली गिल्मरलाई कोरोना संक्रमण पुष्टि भएको छ । २० वर्षे चेल्सीका मिडफिल्डर गिल्मरलाई अब १० दिनको आइसोलेसनमा राखिएको छ । युरोकप सुरु भएपछि खेलाडीमा कोरोना देखिएको यो पहिलो केस हो । इंग्ल्यान्डलाई वेम्ले रंगशालामा गोलरहित बराबरीमा रोक्दा उनले उत्कृष्ट खेल खेलेका थिए । युरोकपअन्तर्गत इंग्ल्यान्डसँगको खेल खेलेको तीन दिनपछि उनलाई कोरोना पोजेटिभ देखिएको हो । स्कटल्यान्डका अरू खेलाडी भने ट्रेसिङमा नपरेको बताइएको छ । स्कटल्यान्डले समूहको अन्तिम खेलमा क्रोयसियासँग खेल्दै छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

साताका लोकप्रिय समाचार

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

धुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

काठमाडौं । विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ...

बाजुराको प्याज गनाउँने गाउँ

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन ।...

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने...

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको...

ट्रेन्डिङ

संसदको सवालमा अदालतको निर्णय नै मान्य हुन्छ : देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको सवालमा अदालतको निर्णय नै मान्य हुने बताएका छन् । भक्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)