Sunday, August 1, 2021
Homeखेलइटाली दुर्लभ कीर्तिमान नजिक

इटाली दुर्लभ कीर्तिमान नजिक

एजेन्सी,
sharethis

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली उतारे पनि जित निकाल्न सफल भएको थियो । समूह चरणमा शतप्रतिशत जित निकालेको इटालीले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३० खेल अपराजित रहेर दुर्लभ कीर्तिमानको नजिक पुगेको हो ।

युरोको सुरुवाती तीन खेल नै जितेर समूह ‘ए’को विजेता बनेको इटालीले अब प्रि–क्वार्टरफाइनलको खेल जितेमा दुर्लभ नयाँ कीर्तिमान बनाउनेछ । इटालीले वेल्समाथि जितसँगै ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ । इटालीले सन् १९३५ अक्टोबरदेखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यस बेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए ।

उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो । इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३० खेल जितेको छ । अझ पछिल्लो ११ खेलमा टोलीले गोल पनि खाएको छैन र ३२ गोल गरेको छ । इटालीले अब अन्तिम १६ मा समूह ‘सी’को उपविजेतासँग खेल्ने छ । उक्त खेल लन्डनको वेम्बली रंगशालामा हुनेछ ।

समूह ‘सी’मा युक्रेन र अस्ट्रियाको दोस्रो हुने सम्भावना छ । प्रशिक्षक मान्सिनी ८२ वर्षअघि पोज्जोको नेतृत्वमा रहेको टोलीले हासिल गरेको सफलताबाट टोली धेरै टाढा रहेको बताउँछन् । ‘पोज्जोले अपराजित यात्रा कायम राख्दा महŒवपूर्ण उपाधि पनि जितेका थिए ।

हामी त्यो स्तरभन्दा धेरै टाढा छौं । जुन टोलीले अन्तिम १६ को यात्रा पार गर्छ, त्यो टोलीले उपाधि जित्न सक्छ ।’ उनले भने, ‘हरेक खेल कठिन हुन्छ । हामीले कुनै पनि खेललाई हल्का रूपमा लिएर जित्न सकिन्छ भन्ने सोच राख्नुहुन्न । हामी रोमका समर्थकलाई धन्यवाद दिन चाहन्छौं । आशा छ, आउने दिनमा पनि हामीले खुसी राख्ने नतिजा दिन सक्छौं ।’

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

थप ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना...

मन्त्री कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शासकीय बागडोर सम्हालेको १७ दिन बितिसक्दासमेत उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएकै दिन उनले...

‘फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल नगरोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अब कसैले पनि फेरि प्रधानमन्त्री बन्छु कि भनेर जालझेल नगर्न चेतावनी दिएका छन् । आफु...

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

  सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली...

ट्रेन्डिङ

एम्बुलेन्सको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

धनगढी । कैलालीको पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्कीदा एकजना सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने...

रियाललाई बार्साको दबाब कायमै

लन्डन । स्पेनिस लिग फुटबल ला–लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले पराजित गर्यो । यो जितसँगै बार्सिलोनाले रियाल मड्रिडमाथिको दबाब...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)