Sunday, August 1, 2021
Homeखेलपृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने कार्यक्रम हुँदा प्रशिक्षण सुरु गर्दै छ ।

स्पेन भ्रमणका लागि नेपाली टोलीले बोलाएका २० सदस्य टोलीमा पृथु पनि थिए । मंगलबार अभ्यास थाल्नुअघि १९ खेलाडी र तीन अफिसलले कोरोना परीक्षण (पीसीआर) गरेका छन् । जसमा पृथु सहभागी थिएनन् । गत चैतमा स्पिनर वसन्त रेग्मी र पृथु टु एक्स क्रिकेट यूएसए कप खेल्न अमेरिका गएका थिए ।

त्यसपछि उनीहरू नेपाल फर्किएका छैनन् । पृथुले नेपाल क्रिकेट संघ (क्यान)लाई व्यक्तिगत कारण देखाउँदै उपलब्ध हुन नसक्ने जानकारी दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमनको पर्खाइमा रहेका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटाले गत प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने क्रममा ४ खेलमा दुईपटक अविजित रहँदै कुल २ सय १४ रन बनाएका थिए । पृथु २०१५ स्कटल्यान्ड भ्रमणपछि नेपाली टोलीमा छैनन् ।

बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब र पवन सरार्फ ।

जर्सी डिजाइनमा ५ सय बढीको सहभागिता
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन खुला प्रतिस्पर्धामा पाँच समयभन्दा बढी सहभागिता जनाएको छ । क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले गत सोमबार राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गर्दै आवेदन खुलाएका थिए ।

पाँच समयभन्दा बढीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्दै क्यानलाई पठाएका छन् । क्यानले सर्ट लिस्टका लागि चार सदस्यीय छनोट समिति बनाएको छ । छनोट समितिमा नेपाल क्रिकेट संघ म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहनेछन् । छनोट समितिले सर्टलिस्ट क्यानलाई पठाउने छ । क्यानको बोर्ड बैठकले उत्कृष्ट जर्सी छनोट गर्नेछ । उत्कृष्ट डिजाइन बनाउनेले नगद १ लाख रुपैयाँ पाउनेछन् ।

गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि–२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भए पछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय लिएका थिए । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ ।

कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङको प्रयोग गर्नुपर्ने जनाइएको थियो । नेपालले जुलाईमा विश्वकप लिग २ अन्तर्गतको स्पेनमा स्कटल्यान्ड र नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । जुन सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्नेछ ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

साताका लोकप्रिय समाचार

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको...

धुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

काठमाडौं । विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ...

भ्वाइस अफ नेपालकाे फाइनलमा चार प्रतिस्पर्धी छानिए

काठमाडौं । कोरोनाको महामारीपछि गत वैशाखको तेस्रो साताबाट रोकिएको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ एक महिनाबाट प्रसारण हुँदै आएको छ । भ्वाइस...

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

ट्रेन्डिङ

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

खनाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोसहित चार सदस्य प्रतिनिधिमण्डलले खनाल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)