Friday, July 23, 2021
Homeअर्थधनगढीको बजेट १ अर्ब ८१ करोड

धनगढीको बजेट १ अर्ब ८१ करोड

दीपक ओली,

 

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालका धनगढी उप–महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरेको छ ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले मंगलबार आयोजित नगरसभामा १ अर्ब १ करोड २८ लाख २२ हजार १ सय रुपैयाँको बजेट पेश गरिन् । जसमध्ये चालुतर्फ १ अर्ब २ करोड ० लाख ७० हजार र पूँजीगत तर्फ ७ करोड, ४७ लाख ५१ हजार रहेको छ ।

बजेट तथा कार्यक्रमले कोभिड १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दिगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगारी र सहकारिताको विकास, मानव संसाधन तथा संस्थागत सुशासन, सामाजिक विकास तथा गरिबी निवारणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

कृषितर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिट कार्डको ब्यवस्था गर्ने, सामुदायिक वनमा जडिबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषि बजार मूल्य सूचना प्रणालीको ब्यवस्था गरिने नीति दिएको छ । पशु विकासतर्फ छाडा पशुचौपयामा भ्यासिनेशन, पशुको नस्ल सुधार, पशु बीमालगायतका कार्यक्रम समेटिएका छन् । पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकीय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्नेलगायतका कार्यक्रम रहेका छन् ।

त्यसैगरी सामाजिक विकास तर्फ बालबालिका किशोर–किशोरीसंग उप–मेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रवृत्ति, उत्कृष्ठ शिक्षक सम्मान, बालविकास शिक्षक, सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुलाई केन्द्रले तोकेको तलवमा अपुग रकम थप गर्ने नीति लिएको छ । त्यसैगरी, पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानुनी मामिला तथा न्यायिक निरुपणलगायतका क्षेत्रहरुलाई समेट्ने गरि नीति तर्जुमा गरेको छ । नगरप्रमुख नृपबहादुर वडले सीमित श्रोत साधनकाबीच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याएको बताए । उनले भने, ‘हामी छलफलमै छौं समेट्न नसकेका बिषय समेटेर लैजान्छौं ।’ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख भट्टले निकै मेहनतका साथ स्थानीय तहले अवलम्बन गर्ने सबै प्रक्रिया पूरा गरेर, नगरबासीका मागहरुलाई श्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको बताइन् ।

Loading comments...

आजको समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

साताका लोकप्रिय समाचार

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सर्वाेच्च अदालतलाई संदेश दिने नेकपा एमाले अध्यक्ष एवं केपी शर्मा ओलीको योजना संसदको ग्यालरी बैठकमा तुहिएको...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका छन् । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली...

एमालेले बाेलायाे स्थायी कमिटी बैठक

  काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय...

ट्रेन्डिङ

बाजुरामा थप १ जनामा -यापिड टेस्टमा पोजेटिभ

बाजुरा । बाजुराको बुढिगगा नगरपालिकामा १ जनामा -यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । ¥यापिड टेष्ट गर्ने क्रममा तिन पटक चेक गर्दा...

बालिका बलत्कार घटनाः मिलापत्रमा हस्तक्षेप गर्दै प्रहरीद्वारा मुद्दा दर्ता

महोतरी । पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरेको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?