९७ अर्बको लगानी स्वीकृत

 

काठमाडौं । लगानी बोर्डले जलविद्युत परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बोर्डको ४७ औं बैठकले बोर्डले जलविद्युत परियोजनाको ९७ अर्ब विदेशी लगानी स्वीकृत भएको जनाएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लगानी बोर्डको ४७ औं बैठक बसेको थियो ।

लगानी बोर्डका प्रवक्ता भुपाल बरालले ५४ करोड अमेरिकी डलररहेको माथिल्लो तमोर जलविद्युत परियोजना २८५ मेगावाट र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताए । यसैगरी उनले तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत परियोजना १३९.२ मेगावाट) गरी दुई वटा जलविद्युत परियोजनाको कुल करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत जानकारी दिए ।

प्रवक्ता बरालले बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क को विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन बताए ।

बरालका अनुसार बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना ६७९ मेगावाट को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता सिजेभिएन लिमिट इन्डियासँग गरिने समझदारी–पत्रको मस्यौदा स्वीकृत गरेको छ । त्यसैगरी, बैठकमा तमोर जलाशययूक्त जलविद्युत परियोजना ७५६ मेगावाटको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले पश्चिमसेती र एसआर–६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसैगरी, बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि २०७८ स्वीकृत भएको छ । प्रधानमन्त्रीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने बताए । उनले बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान पुर्याउनु पर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी