Sunday, August 1, 2021
HomeNot-to-be-missedइग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

एजेन्सी,
sharethis

लन्डन । समूह ‘डी’ बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० ले पराजित गर्दै इंग्ल्याण्ड समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । वेम्बली स्टेडियममा इग्ल्यान्डको जितमा रहिम स्टरलिङको एकमात्र गोल नै निर्णायक बन्यो ।

उनले १२ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए । अपराजित रहँदै अन्तिम १६ मा पुग्दा इंग्ल्याण्डले ३ खेलबाट ७ अंक जोड्यो । त्यस्तै उसले समूह चरणमा एउटा गोल पनि खाएन । पहिलो खेलमा क्रोएसियालाई १–० ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

उता हारका बावजूद ३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । चेक रिपब्लिक उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम १६ मा पुगेको हो । यसअघि समूह ए बाट स्वीट्जरल्याण्ड पनि उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुगेको थियो ।

उता स्कटल्याण्डमाथि ३–१ गोलको जितसहित क्रोएसियाले उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनायो । क्रोएसियाका लागि निकोला भ्लासिक, लुका मोड्रिच र इभान पेरिसिकले एक९एक गोल गरे । स्कटल्याण्डका तर्फबाट कलुम म्याकग्रिगोरले सान्त्वना गोल फर्काए ।

ह्याम्पडेन पार्कमा निकोलाले १७औं मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका थिए । तर ४२ औं मिनेटमा स्कटल्याण्डका म्याकग्रिगोरले गोल गर्दै खेल १-१ को बराबरी गरे ।

त्यसपछि ६२ औं मिनेटमा कप्तान मोड्रिच र ७७ औं मिनेटमा पेरिसिकले गोल थपेपछि क्रोएसिया ३–१ ले विजयी भएको हो । यस समूहबाट स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा आज चार खेल हुँदैछन् । समूह ई मा राति पौने दश बजे स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै समूह एफ मा जर्मनी र हंगेरी तथा साविक विजेता पोर्चुगल र फ्रान्सले राति पौने एक बजे खेल्ने छन् ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

साताका लोकप्रिय समाचार

आकास खस्ला माधव नेपालले बराबरको अध्यक्ष पाउदैनन् : रघुबीर महासेठ

  काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको...

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत...

जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन्...

सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन...

‘जलविद्युत् आयोजनाको पीपीए गर्ने वातावरण मिलाउ’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले रोकिएर रहेका जलविद्युत् आयोजनाको पीपीए गर्ने वातावरण मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसमक्ष माग राखेका...

ट्रेन्डिङ

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

फिल्म हललाई आशा नयाँ फिल्मको

काठमाडौं । १० पुसबाट काठमाडौं र मोफसलका सिनेमा हलहरू खुलेका छन् । तर हलमा दर्शक छैनन् । यता नेपाल सरकारले अझै सिनेमा हल खोल्नका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)