Sunday, August 1, 2021
Homeअर्थ९७ अर्बको लगानी स्वीकृत

९७ अर्बको लगानी स्वीकृत

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बोर्डको ४७औं बैठकले बोर्डले जलविद्युत् परियोजनाको ९७ अर्ब विदेशी लगानी स्वीकृत भएको जनाएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लगानी बोर्डको ४७औं बैठक बसेको थियो । लगानी बोर्डका प्रवक्ता भूपाल बरालले ५४ करोड अमेरिकी डलररहेको माथिल्लो तमोर जलविद्युत् परियोजना २ सय ८५ मेगावाट र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताए । यसैगरी, उनले तल्लो मनाङ–मस्र्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट) गरी दुईवटा जलविद्युत् परियोजनाको कुल करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत जानकारी दिए ।

प्रवक्ता बरालले बैठकले सार्वजनिक– निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुनेगरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको बताए ।

बरालका अनुसार बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना ६ सय ७९ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता सिजेभीएन लिमिट इन्डियासँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । त्यसैगरी, बैठकमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना ७ सय ५६ मेगावाटको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले पश्चिमसेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डसमक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसैगरी, बैठकले अरुण–३ जलविद्युत् परियोजना प्रवेश मार्गअन्तर्गत छ्यांकुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिससम्बन्धी कार्यविधि २०७८ स्वीकृत भएको छ । प्रधानमन्त्रीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादनसँगसगै प्रसारण प्रणालीसमेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गज्ञराएका थिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेस गरिएका प्रस्ताव मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने बताए । उनले बोर्डका निर्णयको प्रभावकारी कार्यान्वयमा ध्यान पु¥याउनुपर्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका जानकारी दिए ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

साताका लोकप्रिय समाचार

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्...

बाजुराको प्याज गनाउँने गाउँ

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन ।...

खाँचो नैतिकता र इमानदारिताको

आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान यूले आआफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालच...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्कमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीले ढालेको रुखको हाँगाले लागेर स्थानीय ५७ बर्षीया टंकमायाँ...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

ट्रेन्डिङ

नाकामा कोरोना जाँच्ने प्रविधि ‘लेजर थर्मामिटर’

वीरगन्ज । विश्वमा कोरोना भाइरस कोभिड १९ को आतंक फैलिरहेको समयमा नेपालको प्रमुख स्थलमार्गको रुपमा रहेको वीरगन्ज नाकामा भने स्तरीय चेकजाँचको व्यवस्था हुन सकेको...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)