Sunday, August 1, 2021
HomeEditor-Picksनिषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

मधुजंग पाण्डे,
sharethis

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार जना हवाई यात्रुले सेवा लिएका छन् भने सो अवधिमा २३ लाख केजीभन्दा बढीको कार्गो सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार गत जेठ महिनामा मात्र काठमाडौैंबाट विदेशिने हवाई यात्रुको संख्या ८ हजार ६९ र भित्रिने यात्रुको संख्या २ हजार ७ सय रहेको थियो ।

यसैगरी, सो अवधिमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ५५ हजार केजी कार्गो सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस्तो कार्गो सेवामा १७ लाख १३ हजार केजी नेपाल भित्रिएका थिए भने ४ लाख ४१ हजार केजी कार्गो सामान बाहिरिएको थियो ।

गत जेठ महिनाभरमा आन्तरिक वायुसेवाले पनि २ हजार ७ सय ९३ यात्रुलाई सेवा दिएका छन् । विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानबाट विभिन्न गन्तव्यमा जाने यात्रु ८ सय ३५ जना रहेका थिए भने भित्रिने यात्रुको संख्या १ हजार ९ सय ५८ जना रहेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । विमानस्थल कार्यालयले आफ्नो र विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर सो जानकारी गराएको हो ।

यसैगरी, सोे अवधिमा आन्तरिक वायुसेवाबाट १ लाख २१ हजार कार्गो सेवा दिइएको थियो । काठमाडौंबाट ९९ हजार केजी कार्गो सामान विभिन्न गन्तव्यतर्फ बाहिरिएको थियो भने २२ हजार केजी कार्गो सामान भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

साताका लोकप्रिय समाचार

एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष...

बाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

  नेपालगञ्ज । बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको...

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले...

३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८०...

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म...

ट्रेन्डिङ

नेपाली सिनेमाले अब खोज्नु पर्ने बाटो

हातमा टिकट लिएर एक अर्कालाई ठेल्दै आफ्नो सिट ओगट्न सिंगल थिएटरको भ-याङमा हतार हतार पाइला चाल्ने दर्शकहरुले अबको केही महिना सिनेमा हलमा जाँदा फरक...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)