Sunday, August 1, 2021
Homeखेलप्रारम्भिक छनोटमा ५० खेलाडी

प्रारम्भिक छनोटमा ५० खेलाडी

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा १८ खेलाडीलाई नेपाल सुपर लिगको प्रदर्शनलाई नै आधार मान्दै खेलाडी थप गरेका हुन् । नेपाली टोलीको बन्द प्रशिक्षण १ जुलाईबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रशिक्षण खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा हुनेछ ।

एक बिहान १० बजे र अर्काे सेसन अपरान्ह ४ बजेपछि सुरु हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने तय छ । यसपटक टोलीमा ६ गोलरक्षक रहेका छन् । गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् । विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की नियमित छन् ।

युवा डिफेन्डर रन्दिप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राई पहिलोपटक सिनियर टोलीको क्याम्पमा परेका छन् । विंगर प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन् । डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

एनएसएलमा चोटका कारण पछिल्लोपटक टोलीमा नपरेका भरत खवास, सन्जोक राई, त्रिदेव गुरुङ, तेज तामाङ, जर्जप्रिन्स कार्कीलगायत खेलाडी पनि टोलीमा समेटिएका छन् । यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाउँदा कतारमा उपचार गरेर फर्केपछि प्रशिक्षक अलमुताइरीसँग नै केही समय बिताएका मिडफिल्डर विक्रम लामाको नाम भने प्रारम्भिक सूचीमा छैन ।

प्रारम्भिक टोली
किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार र दीप कार्की, आशीष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन जिष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दिप पौडेल, रवि शंकर पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आंदेम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

साताका लोकप्रिय समाचार

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन, दुई सन्तानसहित श्रीमतीकाे शव भेटियाे

  मलंगवा ।  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव...

आर्थिक विकासमा महिला समूह

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका...

ट्रेन्डिङ

बहसमा पुस्तक ‘जीवन कथा’

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’को बहसमा विभिन्न व्यक्तिले यसको समीक्षात्मक टिप्पणी गरेका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा...

रोकिएन शंकर ग्रुपको बदमासी, खुल्दै राजस्व छलीको अपराध

काठमाडाैं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर गु्रपमाथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ । शंकर ग्रुपका कम्पनीले राजस्व...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)