बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन भएका अभिनेता सुशान्त सिंह राजदूतले आफ्नो फिल्मी करिअर फिल्मका कोरस डान्सरबाट सुरु गरेको बताएका छन् ।

अभिनेता सुशान्तले धुम २ फिल्मको चर्चित गीत धुम अगेनमा कोरस डान्स गरेका थिए । बलिउडका अभिनेता ऋतिक रोशनका पछि उभिएर उनले कोरस डान्सरका रूपमा नृत्य गरेका थिए ।

यस्तै बलिउडका चर्चित अभिनेता साहिद कपूरले पनि आफ्नो अभिनय यात्रा फिल्मको ब्याक ग्राउन्ड डान्सबाट सुरु गरेका हुन् । यसरी फिल्ममा कोरस डान्सरका रूपमा काम गर्दासम्म आफू बलिउडको नायक बन्छु भनेर साहिदले सोचेका थिएनन् । उनले दिल तो पागल है, ताललगायतका फिल्ममा कोरोस डान्सरका रूपमा काम गरेका थिए । त्यसको केही वर्षमै उनी फिल्मको नायक बन्न सफल भए । आफूले कोरस नृत्यकारबाट बलिउड यात्रा सुरु गरेर यहाँसम्म आइपुगेको बताएका छन् ।

यसैगरी बलिउड अभिनेत्री दिया मिर्जाले पनि आफ्नो अभिनय करिअर कोरस नृत्यकारका रूपमा सुरु गरेकी हुन् । उनले सन १९९९ सम्म कोरस डान्सरका रूपमा दक्षिण भारतीय फिल्ममा काम गरेकी थिइन् । जब उनले सन् २००० मा एसिया प्यासिफिक र फेमिना मिस इन्डिया प्यासिफिकको उपाधि जितिन् । त्यसपछि उनी फिल्ममा नायिकाका रूपमा प्रस्तुत भइन् ।

अभिनेत्री काजल अग्रवालको फिल्मी करिअर पनि कोरस नृत्यकारका रूपमा सुरु भएको हो । उनी दक्षिण भारतीय फिल्ममा नायिका बन्नुअघि कोरस डान्सरका रूपमा कार्यरत थिइन् । सिंघम, स्पेसल २६ लगायत विभिन्न फिल्ममा नायिकाका रूपमा मुख्य भूमिका निभाएकी उनी सोही कारण आज पनि कोरस नृत्य कलाकारलाई सम्मानित नजरले हेर्थिन् ।

यस्तै बलिउड अभिनेत्री डेजी शाह पनि फिल्मको प्रारम्भिक करिअरमा बलिउड फिल्मका गीतको कोरस डान्सर नै थिइन् । रेस ३, हेट स्टोरी ३, जय हो, जस्ता थुप्रै फिल्मकी नायिका डेजीले आफ्नो फिल्मी यात्रा डान्सरबाटै भएको गर्वका साथ बताउँदै आएकी छन् ।

बलिउडका अर्का अभिनेता अरसद वारसीले पनि आफ्नो फिल्मी करिअर कोरस डान्सरकै रूपमा सुरु भएको बताएका छन् । उनले अभिनेता जीतेन्द्रको फिल्म आगसे खेलेंगेको गीतबाट डान्सरका रूपमा अभिनय यात्रा सुरु गरेका थिए । केही समय फिल्ममा कोरस डान्सरका रूपमा काम गर्दा गर्दै आफूले सहअभिनेताका रूपमा फिल्ममा भूमिका पाएको उनले बताएका छन् । सोही कारण पनि आफूले कहिल्यै भूमिकालाई साना वा ठूलाका रूपमा नलिएको बताएका छन् ।

फिल्म अभिनेता मात्र हैन, कतिपय फिल्म निर्देशकले पनि कोरस डान्सरका रूपमा अभिनय यात्रा सुरु गरेका थिए । उनले अभिनेता गोबिन्दाको फिल्म सदा सुहागनको गीतमा कोरसका रूपमा नृत्य गरेर करिअर थालेकी हुन् । अहिलेको बलिउडकी चर्चित निर्देशक फराह खानले आफ्नो अभिनय यात्रा कोरस डान्सरको रूपमा सुरु भएको हो । केही फिल्ममा कोरोस डान्सर गरेपछि उनी कोरियोग्राफरको रूपमा फिल्ममा प्रस्तुत भइन् । त्यसपछि उनले फिल्म निर्देशनमा हात हालेकी हुन् । उनले मुन्न माइकल, तुतक तुतक तुलियाजस्ता थुप्रै फिल्मको निर्देशन गरिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा मत गणना सुरू