Sunday, August 1, 2021
Homeअर्थकौशीमा हराभरा तरकारी

कौशीमा हराभरा तरकारी

आफ्नै पौरखमा अग्र्यानिक खान पाइयो, पैसा पनि बच्यो

कौशिला कुँवर,
sharethis

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने डरले धेरैले कौसीका गमला समेत भुईमा झारे । भुकम्प गएको करिब एक ढेड वर्ष सम्म धेरैका घरका कौसी खाली रह्यो ।

मान्छेले भूकम्पको क्रास बिर्सदै गए । जीवनशैली फेरि पुरानै लयमा फर्किन थाल्यो । कतिपय घरका कौशी यस्तो देखिन्छ खेत बारी भन्दा काम छैन । कोरोना भाइरस संक्रणम रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउन र निषेधाज्ञाको सदुरुपयोग गर्दै धेरैले घरको कौसीलाई खेत बारी जस्तै हराबार बनाएको पनि पाइन्छ ।

बागमती प्रदेशको भूमि व्यवस्था, तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्र ललितपुरले त काठमाडौँ, भक्तपुर, ललितपुर तीन जिल्लामा प्राङ्गारीक कौसी खेतीलाई प्राथामिकता राखेको छ । कौसी खेतीमा तरकारी उत्पादनमा प्रोत्साहित गर्न अनुदान सहयोग समेत दिने गरेको छ ।

कृषि ज्ञान केन्द्रले कौसी खेती गर्न चाहाने व्यक्तिलाई समेत अनुदान दिने गरेको छ । धेरलेै केन्द्रबाट कौसी खेती गर्न तालिम र अनुदान समेत लिएर छन् । यस्तै केन्द्रबाट तालिम र अनुदान लिएर कौसी खेती गर्दै आएकी काठमाडौँ तारकेश्वर वडा नम्बर ५ कि सरिता दाहालले अहिले कौसी बारीमा तरकारी रोपेर हराभरा बनाएकी छन् । कौसी खेतीमै गरेको तरकारीले उनलाई पुग्छ । बजारबाट तरकारी किन्न छोडि सकेको उनी बताउँछिन् । कौसी खेतीमा उत्पादन भएको तरकारीले पाँच जनाको परिवारलाई पर्याप्त हुने गरेको उनले बताइन् ।

सरिता भन्छन्,‘कौसी खेती गर्न थालेको दुई वर्ष भयो । बजारबाट आलु बाहेक केही किन्नु परेको छैन । सिमी, बोडी, खुर्सानी, कांक्रा लगायतका सिजनेवल तरकारी उत्पादन गर्छु ।’ बजारमा बाषदीयुक्त तरकारी किनेर खानु भन्दा आफ्नै स्वच्छ अर्गानीक तरकारी घरको कौसीमा नै उत्पादन गर्छु भनेर कौसी खेती गर्न थालेकी थिइन् उनले ।

उनले आफु मात्रै नभएर गाउँघरका अन्य महिला दिदिबहिनीलाई समेत कौसी खेती गर्न प्रोत्साहित गरेकी छिन् । दाहाललगायतले ६५ जना महिलाको एउटा सम्बृद्धि समुह बनाए । कृषि ज्ञान केन्द्र ललितपुरले कौसी खेती प्रर्वद्धन गर्न समुहका २५ जनालाई १० ÷१० हजार रुपैयाँको दरले २ लाख २४ हजार ५ सय रुपैयाँ अनुदान दियो । केन्द्रले कौसी खेतीलाई प्रोत्साहित गर्न सिङ्ग मेटन स्टयाण्ड ५ वर्ग फिटको ४ वटा ग्रोईङ्ग व्याग ५० थान विभिन्न साईजको ड्रीप ईरिगेसन सेट, फलपूmल तथा तरकारीको बिरुवा तथा बेर्ना कोको पीट र भर्मी कम्पोष्ट ३०,३० केजी दिएको छ ।

‘तारकेश्वर वडा नम्बर ५ मा अधिकाशं घरका कौसीमा लटरम्म तरकारीहरु लटरम्म फलेका छन् ।’ २५ जना मध्येमा तारा थापा मगरले त आप्mनो परिवारलाई बढी भएको तरकारी बजारमा विक्री समेत गर्ने गरेकी छन् । घरको कौसी खेती र आँगनमा भएको सानो जमिनमा लगाएको तरकारीले वार्षिक १ लाख ५० हजार भन्दा बढी आम्दानी गर्दै आएकी छन् । कौसी खेतीले परिवारका सदस्यले स्वच्छ विषादी रहित ताजा तरकारी खान पाउनुका साथी स्वास्थ्य समेत राम्रो भएको उनी बताउँछन् । माटोसँग खेल्न पाउँदा स्वास्थ्य पनि राम्रो हुने उनको भनाई छ ।

उनको परिवारमा वर्षमा तरकारीमा मात्र ५० हजार खर्च हुने गरेको थियो । अहिले कौसी खेती गर्न थालेपछि बजारबाट हरियो तरकारी किन्न नपरेको उनी बताउँछिन् ।

यसैगरी काठमाडौँ नागार्जुन २ कि बिमला महर्जनले पनि आफ्नाे कौसीमा तरकारी रोपेर कौसीलाई हराभरा बनाएकी छन् । भन्छिन्, ‘कौसी खेतीमा तरकारी रोप्दा धेरै नै फाइदा भएको छ । वार्षिक ५०/६० हजार भन्दा बढी तरकारीमा खर्च हुने गरेको थियो । अहिले आफै कौसीमा तरकारी उत्पादन हुन थालेपछि सबै पैसा बचेको छ ।’ उनले भनिन् ।

कौसी खेती गर्नलाई प्रदेश सरकारले पनि प्रोत्साहित गर्दै आएकाले आफुलाई सहज भएको महर्जनको भनाई छ । ‘राम्रो गर्नेलाई अनुदान समेत दिने गरेको छ । त्यसकारण घर छ र कौसी खाली छ भने त्यसको सदुपयोग गरेर तरकारी खेती गर्न सकिन्छ ।’ उनले भनिन् ।

यसैगरी ललितपुर महानगरपालिकी सानु महर्जनले पनि कौसीमा तरकारी खेती धेरै फाइदा भएको बताइन् । ‘बजारमा विषादी युक्त किनेर खानु पर्ने बाध्यता थियो । अहिले छैन । आफै कौसीमा तरकारी फलाउन थालेपछि बजारबाट तरकारी किन्नु परेको छैन ।’ उनले भनिन् । आफैले उत्पादन गरेको तरकारी धेरै स्वास्थकर हुने उनको भनाई छ । घरमा हरीयाली हुँदा स्वास्थ्यलाई पनि फाइदा हुने उनी बताउँछिन् ।

(Visited 225 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

आयुषको ‘तिमी र म’

काठमाडौं । रक शैलीको ’तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

साउदीमा उँटसंग गाडी ठोक्किँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह...

ट्रेन्डिङ

मे र जुन महिनाको फुटबल गतिविधि स्थगित

क्वालालम्पुर । एसियन फुटबल महासंघ (एएफसी)ले यही मे र जुन महिनामा हुने भनिएको सबै खाले फुटबल प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ । यससँगै...

इंग्ल्यान्ड–पाकिस्तान सिरिज हुने दाबी

कराँची । इंग्ल्यान्डको भ्रमणमा जाने पाकिस्तानी २९ खेलाडीमध्ये १० जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट आएको छ । यी खेलाडीमा कोरोनाको लक्षण देखिएको छैन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)