Sunday, August 1, 2021
HomeEditor-Picksघरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् ।

एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह, पशु अधिकारकर्मी इरफान खान, एसपीसीए नेपालकी संस्थापक सदस्य विना पन्त, श्रीज एनिमल रेस्क्यु नेपालकी संस्थापक सिर्जना ठकुरी र डुडु फाउन्डेसनका अध्यक्ष मिलन कार्कीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखलाई एक ध्यानाकर्षण पत्र पठाएर घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन् ।

गत असार ५ गते वीरेन्द्रनगर नगरपालिका–१२ का रनबहादुर पुलामीले छिमेकीको कुखुरा खाएको आरोपमा आफ्नै घरमा पालेको कालो रंगको पोथी कुकुरलाई खजुरास्थित इत्राम खोलाको पुलमा झुन्ड्याएर हत्या गरेका थिए ।

पशु अधिकारकर्मीले यसलाई पासविक, क्रुर एवं निर्ममतापूर्ण व्यवहारको पराकाष्ठा भन्दै कानूनी कठ्घरामा उभ्याउन प्रहरीलाई आग्रह गरेका छन् । यस्ता प्रवृत्तिलाई छुट दिँदा आउँदा दिनमा थप घटना पुनरावृत हुने खतरा रहेकाले संलग्नमाथि मुलुकी अपराध संहिता ऐन २०७४ अनुरूप कारबाही गर्न उनीहरूको माग छ । ‘एउटा अबोध जनावर कुकुरमाथि गरिएको यो जघन्य अपराधको घटनाले मानवीयताप्रति निक्कै लज्जाबोध बनाएको र आगामी दिनमा समाजमा यस्ता आपराधिक घटना तथा बढ्न नदिन वा निरुत्साहित गर्नका लागि पनि निज अभियुक्तलाई नियन्त्रणमा लिई कानूनअनुसार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कडाभन्दा कडा सजाय (दण्ड र जरिवाना दुवै) को लागि जोडदार माग गर्दछौं,’ पशु अधिकारकर्मीले गराएको ध्यानाकर्षमा भनिएको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

साताका लोकप्रिय समाचार

मन्त्री कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शासकीय बागडोर सम्हालेको १७ दिन बितिसक्दासमेत उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएकै दिन उनले...

प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

  काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त...

सशस्त्रका डीआईजी श्रेष्ठको अवकाशपछिको उतारचढाव : अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

ट्रेन्डिङ

प्रधानमन्त्रीद्वारा पुनः मन्त्रीमण्डल पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओलीले शुक्रबार सा“झ मन्त्रीमण्डल पुनर्गठन गर्दै ९ जना नयाँ मन्त्री थपेका छन्...

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)