Sunday, August 1, 2021
Homeप्रदेशविकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

राजधानी समाचारदाता,
sharethis

 

गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ ।

विकास तथा सत्यको लडाईमा निरन्तर अग्रसर रहने मौलापुर नगरपालिकामा स्वस्फूर्त हजारौं महिला पुरुषको सहभागितामा पुनः विकासको पक्षमा विशाल प्रदर्शन भएको हो । विकासविरोधी तत्वहरु एवं प्रतिक्रियावादीहरुको षडयन्त्र बढेपछि प्रतिकारमा बुधबार मौलापुरमा हजारौको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर खबरदारी गरेका छन् । कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकासप्रति जनतालाई पुनः जागृत बनाएको छ ।

मौलापुर नगरपालिकाको पाँचौं नगरसभाको पुर्वसंध्यामा केहि विकास बिरोधि तत्वहरुले विभिन्न बखेडा झिकेर नगरसभा प्रभावित गर्न खोजेको भन्दै प्रत्येक वडाहरु बाट आएका महिला पुरुषले नारा जूलूस लगाउंदै मौलापुर बजार परिक्रमा गरेका छन् ।

प्रत्येक बर्षझै यस पटक पनि आर्थिक बर्ष २०७८र०७९ को पाँचौ बजेट अधिवेशनको लागि मौलापुर नगरपालिकाले अगामी १० गते तिथि निर्धारण गरेको नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।

नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी १० गते हुने नगरसभा सफल बनाउन जिल्ला तथा स्थानीय अतिथी लाई निम्तो गर्नुका साथै विभिन्न मिडियामा प्रचारप्रसार समेत भैरहेको छ ।

तर बिगतमा विकासको रकम दुरुपयोग गरेका केहि जनप्रतिनिधि र केहि विकास बिरोधी तत्व मौलापुर नगरपालिका विरुद्ध अनर्गल प्रचारमा लागिरहेकोमा नगरपालिकाका उपमेयर गौरीशंकर जयसवालले आपत्ति जनाए । मौलापुर नगरपालिकाको विकासको गति देखेर विकास बिरोधि तत्वका साथै केहि राजनीतिक दलको समेत निन्द हराम भएको उनले बताए ।

‘नगरपालिकाको कुनै पनि विकास निर्माण अथवा गतिविधि बारे जानकारी लिन लिखित निवेदन आएमा सोको जानकारी दिन सदैव हामी तत्पर छौँ । तर कानुनी रूपमा कोहि न आएर नगरसभालाई प्रभावित बनाउने उनीहरुको मनसाय देखेर नगरका जनता प्रतिकार स्वरुप सडकमा उत्रिनु परेको हो’ उपमेयर जयसवालले बताए ।

मौलापुर नगरपालिकाले नगरका किसानलाई निशुल्क बीउ, निशुल्क सिचाइ, निशुल्क ग्यांस चुल्हो सिलिन्डर सहित, दलितको घर, छात्रालाई ल्यापटप, साईकल, दिउँसो बिहे गर्ने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार नगद, जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।

मौलापुरमा प्राबिधिक शिक्षाको पढाई, निषेधाज्ञामा दलित गरिबलाई राहत, खेत खेतमा बिधुतिकरण, प्रदेश २ मै प्रहिलो पटक मौलापुरमा ७५ बिगहा जग्गामा लैण्डपुलिङ अर्थात जग्गा एकिकरण जस्ता योजना अगाडि बढाएर पिछडिएको क्षेत्रलाई केन्द्र बनाउन मौलापुरको नेतृत्व सफल भएको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले...

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्...

फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

टोकियो । टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन...

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

ट्रेन्डिङ

केपी ओलीको विकल्प प्रचण्ड, अरु हुन सक्दैनः प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरसंघर्ष र विवादबारे नेता प्रभु साहले मुख खोलेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)