फिल्ममा सँगै प्रस्तुत हुन सकेनन् पल र प्रकृति

काठमाडौं । भिडियोमा निरन्तर जोडी बनेर प्रस्तुत भएका कतिपय कलाकारको चलचित्रमा जोडी जम्दैन । यसै भिडियोमा हिट जोडी भएर पनि चलचित्रमा जम्न नसकेका जोडी पल शाह र प्रकृति श्रेष्ठ हुन् ।

यी जोडीले फेरि सँगै अभिनय गरेको नयाँ गीत ‘को होला त्यो…’मा सँगै अभिनय गरेका छन् । ८ वर्षअघि यही गीतमा पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका थिए । त्यति बेला यो गीतलाई सुनिल गिरीले गाएका थिए । उनको स्वरमा यो गीत निकै लोकप्रिय भएको थियो । यही गीतलाई यति बेला गायिका अस्मिता अधिकारीले गाएकी छन् । यही गीतको भिडियोमा पल र प्रकृति फेरि प्रस्तुत भएका हुन् ।

हुन त पल र प्रकृतिलाई लिएर फिल्म बनाउने चाहना निर्माताले व्यक्त नगरेका हैनन् । तर, यो चाहना पूरा हुन सकेको छैन । पहिलो फिल्म होस्टलबाट हिट भएकी अभिनेत्री प्रकृतिले त्यसपछि फिल्म उत्सवमा काम गरिन् । उत्सवको रिलिजपछि यी नायिका वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । यसपछि उनले अभिनयलाई निरन्तरता दिन पाएका थिइनन् ।
विवाह गरेपछि यी अभिनेत्री अस्ट्रेलियातर्फ लागिन् । त्यसपछि उनी र पल शाहलाई नायक नायिकाका रूपमा फिल्म खेलाउने निर्माताको चाहना पूरा भएन ।

हुन त यसअघि पल शाह र प्रकृति श्रेष्ठले तिम्रो चञ्चल रूपले, पूर्णिमाको चन्द्रमालाई, आई लभ युसहित गीतको भिडियोमा यसअघि अभिनय गरिसकेकी छन् । यी सबै गीतको भिडियोमा प्रकृतिले विवाहअघि नै अभिनय गरेकी थिइन् । विवाहपछि भने प्रकृतिले पलसँग यो नयाँ गीत ‘को होला त्यो…’को भिडियोमा अभिनय गरेकी हुन् ।

अभिनेत्री प्रकृति यति बेला नेपालमा छिन् । आफ्नो नयाँ चलचित्र ‘बिहे पास’मा अभिनय गर्न उनी नेपाल आएकी हुन् । यही छेकोमा उनले ‘को होला त्यो…’ गीतमा अभिनय गरेकी हुन् । यो फिल्मबाट उनी ६ वर्षपछि पुनः अभिनयमा फर्किएकी छन् । यो फिल्ममा उनले दयाहाङ राईसँग अभिनय गर्दै छिन् । सो फिल्मको छायांकन सुरु भए पनि दोस्रो निषेधाज्ञाका कारण यसको छायांकन पूर्ण हुन सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साँफेबगरकाे बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित