Wednesday, September 22, 2021
Your Ads Here
Homeखेलसावित्राको उपचार कतारमा हुने

सावित्राको उपचार कतारमा हुने

,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली तथा विभागीय नेपाल एपीएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ चोट लागेको झन्डै पाँच महिनाभन्दा लामो समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार जाने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार शनिबार उनी कतार जानेछिन् । उनलाई एन्फाले बुधबारै बिदाइ गरेको छ ।

सावित्राको चाहनामा एन्फाले कतारमा उनको उचारको व्यवस्था मिलाएको हो । कतार फुटबल संघको सहयोगमा विमल घर्तीमगर र विक्रम लामाको जस्तै सावित्राको शल्यक्रिया पनि अब कतारमा हुनेछ । विमल अहिले पनि कतारमै छन् भने विक्रम फर्किसकेका छन् । सावित्राले घँडाको नियमित फिजियोथेरापी गरिरहेकी छन् । विश्व खेलकुदमै ख्याति प्राप्त कतारको दोहास्थित अस्पेटारमा सावित्राको शल्यक्रिया हुनेछ ।

सावित्राले गतवर्ष ३ फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा दाँया घुँडामा गम्भीर चोट बोकेको थियो । उनले अर्का विभागीय टोली नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा उनी घाइते भएकी थिइन् । पुलिसविरुद्ध खेलको ७९औं मिनेटमा साम्बाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो । उनको दाँया घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल)मा गम्भीर चोट लागेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुँडामा चोट लागेको थियो । चोट लाग्नुअघि लिगको १० खेलमा सावित्राले ४३ गोल गरेकी थिइन् । सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् । उनले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी छन् । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छन् । दुवैपटक उनी खेलेको टोली आई लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेकी उनी आई लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

तपाइको प्रतिक्रिया

(Visited 93 times, 1 visits today)

आजको समाचार

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

साताका लोकप्रिय समाचार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

ट्रेन्डिङ

सिन्धुलीमा थपिए ४३ जना संक्रमित, गम्भिर विरामी बढ्दै

सिन्धुली । सिन्धुलीमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाबाट संकलन गरि पठाईएको १ सय २३ जनाको स्वाव परिक्षण गर्दा ४३ जनामा...

होलीमा भाङको कनेक्सन

जनकपुरधाम । जनकपुरमा होली धुमधामसँग मनाइएको छ । होलीमा रङसँगै जोडिएर आउने अर्को खाद्य पदार्थ हो भाङ । होलीसंगै भाङको चर्चा यसपाली निकै भयो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)