महिला एसियन कप छनोट नेपालमा

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोटअन्तर्गत समूह ‘एफ’अन्तर्गत खेल आयोजना गर्ने भएको छ । एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।

छनोटअन्तर्गत समूह चरणका खेल सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) तोकेको छ । छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ ।

एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अस्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । एन्फाले दशरथ रंगशालामा नै प्रतियोगिता गराउने प्रवल सम्भावना छ । नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार बेहोरेको थियो ।

यस्तै हङकङसँग सन् १९८६ मा १–० र १९८९ मा ३–० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित गरेको थियो । यसपटक नेपाली टोलीमा चोटले निकै समस्या दिने सम्भावना छ ।

छनोट सुरु हुन दुई महिना बढी समय बाँकी रहँदा टोलीको तयारीको सुरसार छैन । स्टार फरवार्ड सावित्रा भण्डारी घँुडाको चोटका शल्यक्रिया शनिबार गर्न कतार जाँदै छिन् । डिफेन्डर हिरा भुजेल र मिडफिल्डर दिपा राई शल्यक्रियापछि रिह्याबमा छन् । कप्तान रेनुका नगरकोटे पनि चोटबाट फिट हुने क्रममा छिन् ।

समूह विभाजन
समूह ‘ए’– चाइनिज ताइपेइ (आयोजक), बहराइन, तुर्कमेनिस्तान, लाओस
समूह ‘बी’– भिएतनाम, ताजिकिस्तान (आयोजक), माल्दिभ्स, अफगानिस्तान
समूह ‘सी’– उत्तर कोरिया, सिंगापुर, इराक, इन्डोनेसिया (आयोजक)
समूह ‘डी’– म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान
समूह ‘ई’– दक्षिण कोरिया, उज्वेकिस्तान (आयोजक), मंगोलिया
समुह ‘एफ’– फिलिपिन्स, हङकङ, नेपाल (आयोजक)
समूह ‘जी’– जोर्डन, इरान, बंगलादेश (आयोजक)
समूह ‘एच’– थाइल्यान्ड, प्यालेस्टाइन, मलेसिया

तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस