Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsबलात्कार आरोपित पक्रन सुनसरी प्रहरी असफल

बलात्कार आरोपित पक्रन सुनसरी प्रहरी असफल

विवेक विवश रेग्मी,
sharethis

इटहरी । गत १७ वैशाखमा सुनसरीको इनरुवा १ स्थित एक बिहे घरमा गएकी बालिका बलात्कार आरोपितलाई पक्रन सुनसरी प्रहरी असफल भएको छ । पीडितले प्रहरीकहाँ उजुरी दिएपनि सुनुवाई नभएपछि राजधानी दैनिकमा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशनपछि प्रहरीले चासो देखाए पनि हालसम्म बलात्कारका आरोपितलाई पक्राउ गर्न सकेको छैन । बालिकालाई एक हजार रुपैँयाको नोट देखाएर स्थानीय अन्दाजी ३० वर्षीय बिजय साहले विवाह घर भन्दा केही पर लगेर जबरजस्ती बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

पीडक युवकका आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुले प्रहरीलाई उजुरी नलिन र घटना ढाकछोप गर्न लागि परेका कुरा समेत खुलेपछि प्रहरीको भूमिका शंकास्पद देखिएको समाचार बाहिरिएसँगै प्रहरीले घटनाको विषयमा चासो लियो । तर, घटना भएको झण्डै दुई महिना बित्न लाग्दा समेत आरोपित साहलाई पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

स्थानीय पुकार चौधरी भन्छन्, ‘घटना भएलगत्तै पटक–पटक पैसामा मिल्न, घटना गाउँमै मिलाउन दबाब दिइएको थियो, स्थानीय नेताहरुकै अगुवाईमा भएको यस्तो किसिमको व्यवहारले पीडित झनै लाचार हुने अवस्था आयो ।’ घटना भएको दुई महिना वित्न लाग्दा समेत आरोपितलाई प्रहरीले पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि प्रश्नचिह्न खडा भएको उनले बताए ।

‘लकडाउनको समयमा भएको घटनामा पीडित कहाँ, कसरी भाग्छ,’ चौधरीले प्रश्न गर्दै भने, ‘कसैको मिलेमत्तो नभई पीडक त्यसरी भाग्नै सक्दैन, यसरी हेर्दा पनि प्रहरीको भूमिका शंकास्पद देखिन्छ ।’

उनका अनुसार घटना भएकै दिनबाट आरोपित बिजय साह घरमा छैनन् । पीडित बालिकाकी आमा र दिदी छन्, बुबा सानैमा बितेका कारण बोल्न सक्ने कोही मानिस नहुँदा अहिले न्यायका लागि छटपटाइरहेको स्थानीले बताउँदै आएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

उता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीले भने प्रहरी चुप लागेर नबसेको प्रतिक्रिया दिए । ‘आरोपित व्यक्ति भागिरहेको छ, हामीले हुलिया सार्वजनिक गरेर खोजी कार्य गरिरहेका छौँ, पुलिस चुप लागेर बसेको छैन,’ कार्कीले फोन सम्पर्कमा राजधानीसँग भने, ‘यो गम्भीर केस भएकाले हामी आफैँ पनि संवेदनशील छौँ, प्राथमिकतामै राखेर संभावित एरियामा सबैतिर खोजी गरिरहेका छौँ ।’

आरोपित व्यक्ति आँखा अगाडि आओस् अनि प्रहरीले पक्रिन्छ भन्ने किसिमको प्रस्तुति भयो नि ? भन्ने प्रश्नमा डीएसपी कार्कीले भने, ‘हामी त्यसरी बस्नेभए कुनैपनि केसका मानिस पक्राउ पर्दैन थिए, इन्सपेक्टर साबको नेतृत्वमा टोली गठन गरी खोजी भइरहेको छ ।’ उनका अुनसार इन्सपेक्टर सुवास भट्टराईको नेतृत्वमा टोली गठन गरी खोजी कार्य भइरहेको छ ।

घटना भएको झण्डै दुई महिना बित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसक्नु र लकडाउनको समयमा आरोपित कसरी भाग्यो भन्ने प्रश्न उब्जिएकाले प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

‘लकडाउनमा नभाग्नुपर्ने भन्ने किसिमको कुरा आउनु ठीकै हो,’ डीएसपी कार्की भन्छन्, ‘हामीले टेक्निकल रुपमा पनि यो केसलाई हेरिरहेका छौँ, अहिले सिभिलमा प्रहरी खटाएर आरोपितको खोजी भइरहेको छ ।’

तपाइको प्रतिक्रिया

(Visited 144 times, 1 visits today)

आजको समाचार

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

साताका लोकप्रिय समाचार

पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे सुप्रबल जनसेवाश्री’ विभूषण

  काठमाडौं । न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई...

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

कटेजमा लगेर किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

दाङ । दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्...

नागरिक बडापत्रबाट बेखबर सेवाग्राही

स्याङ्जा । वालिङ नगरपालिका कार्यालयको मुल गेट नपुग्नु भन्दा अगाडी नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने...

ट्रेन्डिङ

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै
रामपुर ।  आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने  उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत...

बसेरा बुटिक होटल सञ्चालनमा

काठमाडौं । निर्माणको काम सुरु भएको ६ वर्षपछि काठमाडौंको सिंहदरवार दक्षिण ढोका अगाडिको ‘बसेरा बुटिक होटल’ सञ्चालनमा आएको छ । नेपालको मौलिक कला सम्पदाको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)