जनसम्पर्क समिति अमेरिकाको ४८ लाख रुपैयाँ कांग्रेसको खातामा

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकि डलर (नेपाली रुपैया ४८ लाख बराबर) रकम नेपाली कांग्रेस पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरेको छ ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकोले नेपाली कांग्रेसले सम्पूर्ण जनसम्पर्क समितिहरुलाई सहयोगको लागि अपिल गरेको थियो । नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सो रकम पार्टी केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिए ।

सभापति बिष्टले पार्टीको परिपत्र अनुसार सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताहरुप्रति सिंगो पार्टी र नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी