Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश १धनकुटाको पाख्रीवास नगरसभामा हुलदंगा र तोडफोड

धनकुटाको पाख्रीवास नगरसभामा हुलदंगा र तोडफोड

रबिन कटेल,
sharethis

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको नगरसभामा हुलदंगा र तोडफोड भएको छ । बिहिबार आयोजित आठौं नगरसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी र झ्यालको सिसा फुटाएका हुन् ।

वडागत बजेट सिलिङ्गमा विभेद गरिएको र राजनीतिक पूर्वाग्रहका आधारमा बजेट सिलिङ्ग तोकिएको भन्दै उनीहरुले नगर सभामा प्रवेश गरी हुलदंगा गरेका हुन् । पाख्रीवास नगरपालिकाको केन्द्रसमेत रहेको वडा नं. ४ मा कम बजेट तोकेर विभेद गरिएको उनीहरुको तर्क छ । नगर कार्यपालिकाको बैठकले वडा नं. १, ४ र ७ मा ३०÷३० लाख, ३ र १० नं. वडामा ३५÷३५ लाख र वाँकी वडामा ४०÷४० लाखका दरले बजेट सिलिङ्ग तोकेको थियो ।

नगर सभाको सुरुवातमा वडा नं. ४ का वडाध्यक्ष सोवित निरौलाले बजेटमा विभेद गरिएको भन्दै बैठक बहिस्कार गरेर बाहिरिएका थिए । लगत्तै नगर सभाभित्र प्रवेश गरेको समूहले नाराबाजी गर्दै तोडफोड गरेको हो । तोडफोडबाट सभाहलको आधा दर्जन झ्यालका सिसा फुटेका छन् । दर्जनौं कुर्सी तोडफोड गरिएको छ । आन्दोलनका क्रममा वडा नं. ४ सहित कम बजेट परेका वडाबाट पनि दर्जनौं मानिस आएका थिए । सो क्रममा सयौं मानिस भेला भएर प्रदर्शन गरेका हुन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

घटनापछि नगर प्रमुख बिर्षबहादुर राईले नगर सभामा वडाध्यक्ष निरौलालाई वोल्ने समय दिने भन्दा–भन्दै बाहिर निस्किएर भिडलाई उत्तेजित गराएको आरोप लगाए । ४ नं. वडाका बहुमत वडासस्यहरुकै सहमतिका आधारमा बजेट सिलिङ्ग तोकिएको मेयर राईले तर्क गरे ।

यता, वडाध्यक्ष निरौलाले आफु एमालेबाटै बिजयी भएको वडाध्यक्ष भएपनि ओली समूहलाई समर्थन नगरेकाले ४ नं. वडालाई विभेद गरिएको बताए । पाख्रीवास स्थानीय तह निर्वाचनमा नेकपा एमालेले क्लिन स्वीप गरेको नगरपालिका हो । त्यहाँका ५२ वटै पदमा एमालेका जनप्रतिनिधि छन् । तत्कालिन नेकपा हुँदै अहिले एमालेको केन्द्रमा चलिरहेको विवादका कारण पाख्रीवास ४ का वडाध्यक्ष निरौला माधव नेपाल पक्षमा उभिएका छन् । यसैबीच हुलदुंगा सकिएपछि नगर सभामा बजेट प्रस्तुत गरिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 151 times, 1 visits today)

आजको समाचार

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

साताका लोकप्रिय समाचार

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

ट्रेन्डिङ

रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा

ललितपुर । रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’...

इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौले एक थान हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)