डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या भएको छ । गए राति ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुर का वडा अध्यक्ष सुर्यकुमार श्रेष्ठलाई डोजर चालकले जेसिबको बकेटले ठक्कर दिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

वडा नं. ३ रहेको मुखलाल बाध सीमाङ्कन करिव १८–१९ दिनदेखि मर्मत भैरहेको थियो । उक्त मर्मत गर्न भाडामा प्रयोग भएको डोजर ड्राइभरले जेसिबको बकेटले ठक्कर दिएर हत्या गरेको हो । राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । खाजा खाएपछि उनिहरुबीच समान्य बिवाद भयो ।

बिवादकै क्रममा मुखलाल बाध नजिक पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा नं. .१ हजारबिघा बस्ने ३८ वर्षिय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई आज शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले बताए । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ ।

५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी