Friday, September 24, 2021
Your Ads Here
Homeभर्खरैसर्जकचाहिँ ओझेलमै !

सर्जकचाहिँ ओझेलमै !

सन्ताेष कार्की,
sharethis

 

केही मानिस चिया चुस्कीसँगै गीत संगीतको आन्नद लिइरहेका छन् ।

यसबीच कसैले प्रश्न ग-याे ‘फलानो गीत कसको हो र ?’
उत्तरमा, ‘फलानो गायकगायिकाको, कस्तो मीठो गीत छ, मन छायो ।’

संवाद केही बेर पूर्णविराम लाग्छ । तर, मलाई एउटै कुराले झस्काइरह्यो । गायकगायिकाको नाममात्र किन, रचनाकार र संगीतकार खै ? अर्को पक्ष किन पछाडि ? सर्जक–स्रष्टा किन पाठक ? स्रोताको स्मृतिमा नरहेको होला र ?’ यद्यपि, गायकगायिकालाई स्रष्टाको सूचिमा भने राखिएको छैन । ‘प्रस्तोता’को कोटीमा राखिएका उनीहरूको हकहितका लागि प्रस्तोता समाजसमेत खडा गरिएको छ ।

सर्जकको अर्थ नयाँ कुराको सिर्जना गर्ने मान्छे हो । स्रष्टाले सिर्जना नगरेसम्म केही अगाडि बढ्न सक्दैन । सर्जकमा त्यो अनौठो शक्ति हुन्छ, जसले सुतेको मानिस उठाउन सक्छ । विसंगत संगीतमय बनाउन सक्छ । सर्जक र पानी उस्तै हुन् । पानीबाट बिजुली निकालेर भौतिक संसारलाई प्रकाश पार्न सकिन्छ भने सिर्जनाबाट मानसिक चिन्तनलाई ।

संसारमा गीतसंगीत मन नपराउने कमै होलान् । एकप्रकारको चुम्बकीय शक्ति हुन्छ, संगीतमा । तर, यहाँ चुम्बकीय शक्तिका सबै धुव्रको चर्चा हुँदैन । एउटै गीतले गायकगायिकाको छुट्टै पहिचान बन्छ । रचनाकार, संगीतकार र गायकको त्रिवेणी हो, गीत । लेखको आशय स्वरकर्मीलाई निरूत्साहित गर्नु होइन, ओझेल परेका स्रष्टालाई बाहिर ल्याउनु हो ।

पछिल्ला समय सिर्जना संख्यात्मक रूपले बढे पनि गुणस्तर खस्किएको सर्जकलाई आरोप लाग्ने गरेको छ । यस्ता आरोप निरूपण केही स्रष्टाले थेगेका छन् । उनैले सबैको हृदयमा राज गरेका छन् ।



एउटा गीत स्रष्टाले सिर्जना गर्छ, त्यसमा संगीतकारले प्राण भर्छ र त्यसअनुकुल गाइन्छ । गीतकार पहिलो, संगीतकार दोस्रो सर्जक हुन् । हामीमध्ये धेरैलाई कुनै गीतको गायकगायिका सजिलै थाहा हुन्छ तर गीतकार वा संगीतकारको नाम थाहा पाउन नेट ‘सर्च’ गर्नुपर्छ । रातो र चन्द्र सूर्य, गाउँगाउँ उठ, रेशम फिरिरि, गा“जलु ती ठूलाठूला आँखा, पूmलको आँखामा, ऋतुहरूमा तिमी, यहाँ देशको छ चिन्ताजस्ता गीतका स्वरकर्मी सँधै चर्चामा छन् । तर, गोपालप्रसाद रिमाल र अम्बर गुरुङ, बुद्विराम परियार र अर्जुन चैनपुरे, मविवि शाह र दीपक जंगम, दुर्गालाल श्रेष्ठ र न्हयू बज्राचार्य, राजेन्द्र रिमाल र राम थापा, कृष्णहरि बराल र सुरेश गैरे, स्रोताका मनमस्तिष्कमा अंकित छन् । श्रेय गीतकार र संगीतकारमै जान्छ । उल्लेखित गीतले सांगीतिक माहोल जर्जरबाट केही हद माथि उठायो पनि । यी नै गीतमार्फत थुप्रै गायकले आपूmलाई चिनाए । तर, तिनै गीतका लेखक र संगीतकार भने सधैं ओझेल पर्छन् । ‘यो गीत फलानो गायक हो’ भन्नुले कतिको औचित्य राख्ला ? अजरअमर गीतका सर्जक भने पर्दा पछाडि छन् ।

लेखक : सन्तोष कार्की

यी नै गीतले क्रमशः २००७, २०१७, २०३६, २०४७ र २०६३ मा व्यवस्था परिवर्तन गर्न सफल भए । समाजमा जागरण पैmलियो । महत्वपूर्ण योगदान दिने सर्जक पर्दाअगाडि ल्याउन राज्य निरीह लाग्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा



गायकगायिका सभा–समारोहमा गीत गाएबापत मनग्गे आम्दानी गर्छन् । उनीहरूले गाएर प्राप्त गरेको रकममा गीतकार र संगीतकारको अधिकार बञ्चित हुन्छ । प्रतिलिपि अधिकारसमेत यसमा गौण बनिदिन्छ । हातहातमा प्रविधि छ । यसबाट एकप्रकारले गीतसंगीत उज्यालोतर्फ डो-याएको पनि छ । कतिपय सञ्चारमाध्यमले गीतकार र संगीतकारको नाम राखेको पाइ“दैन । यसोगर्दा न त सृष्टाको सम्मान हुन्छ, न इतिहासको जानकारी नै । त्यतिमात्र नभएर एउटाको गीत अर्काको भनी लेख्ने गरेकोसमेत पाइन्छ ।

गीतकारको हकहितमा खुलेको संस्था गीतकार संघको ध्यान जरुरी देखिन्छ । सर्जकलाई सधैँ रद्दिको टोकरीमा ङ्खया“किएका मालसमानजस्तै बनाइन्छ । एउटी आमाले जसरी आप्mना सन्तानलाई प्राणभन्दा प्रिय नै ठान्छिन्, त्यसरी नै सर्जकका सिर्जना हुन्छन् । तर, यहाँ कतिपयले मूल स्रष्टाका सिर्जनाको भावहरण गरेका दृष्टान्तसमेत छन् ।

केही म्युजिक कम्पनीले एउटाको गीत अर्काको नाममा राखिदिने गरेका वा मूल सृष्टाको नाम हटाइदिने गरेका घटना प्रशस्तै छन् । प्रतिलिपि अधिकार कार्यान्वयन यसरी चुकिरहेको छ । सर्जकको नाम उल्लेख गर्न पाउँदा गर्व गर्न सक्नुपर्ने विषयमा हिचकिचाहट प्रवृत्ति बढिरहेको छ । सर्जक सधैं मार्कामै छन् । विज्ञान र प्रविधि प्रयोग बढिरहेको अवस्थामा साहित्य पनि त्यसको पछि लागिरहेको छ । सामाजिक सञ्जालमा स्रष्टाका सिर्जना राख्दा सर्जकले कतिसम्म लेखकस्व वा रोयल्टी पाए ? भन्ने हरहिसाब पारदर्शी छैनन् । एकातर्फ रोयल्टी संकलन समाज, लोकदोहरी प्रतिष्ठान, गीतकार संघ नेपालले सर्जकको हकअधिकारबारे पर्याप्त कार्यसम्पादन गर्न सकेका छैनन् भने अर्कातर्फ सरकारको नजर यसतर्फ परेकै छैन ।



अहिले नेपाली गीतसंगीत एकाधबाहेक धेरैजसो बजार मागको दौडमा छन् । यस्ता दौडको गन्तव्य निकै छोटो हुन्छ । गीत मानिसको जीवन भोगाइ, अनुभूति छुनसक्ने हुनुपर्छ, जुन जीवन्त बन्न सक्छ । पछिल्ला समय सिर्जना संख्यात्मक रूपले बढे पनि गुणस्तर खस्किएको सर्जकलाई आरोप लाग्ने गरेको छ । यस्ता आरोप निरूपण केही स्रष्टाले थेगेका छन् । उनैले सबैको हृदयमा राज गरेका छन् । साहित्य सिर्जना गर्न प्रतिभा, व्यूत्पति र अभ्यास चाहिन्छ । यतिबेला सबै सर्जक बन्ने होडबाजीमा होमिएको देखिन्छ । साहित्यले समाज सुधार गर्न सक्नुपर्छ । नत्र, त्यो साहित्य बन्न सक्दैन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

सर्जक नाममा विश्वमा विभिन्न स्कुल, कलेज र स्थल नामकृत छन् । पाश्चात्य समाजमा सर्जकलाई विशिष्ट स्थानमा राखिन्छ । नेपालमा भने त्यसको अभ्यास ज्यादै कम छ । राष्ट्रका उच्चपदस्थले पदमा रहँदामात्रै होइन, पदमुक्त हुँदासमेत लाखौंको सेवा सुविधा भोग गर्ने थिति बसेको छ । तर, संसार चिनाउने सर्जक भने सधैं छायाँमै छन् ।

तपाइको प्रतिक्रिया

(Visited 194 times, 1 visits today)

आजको समाचार

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

साताका लोकप्रिय समाचार

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

‘बिपी पुष्पलालसँग नमिल्दा पञ्चायत आयो, मदन भण्डारीले गणेशमान र किसुनजीलाई कन्भिन्स गरेर पञ्चायत ढाले’

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक...

ट्रेन्डिङ

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई...

गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)