खाेप नपाउदा निराश छन् ज्येष्ठ नागरिक

 

ज्येष्ठ नागरिहरू चाँडै खोप लगाउन पाउँदा असाध्य खुसी भएका थिए, सुरक्षित भई अब बाँचिने भयो भन्दै थिए । दैनिक लाख बढीले खोप लाइरहेकाले पहिलो चरणमा भएका व्यापक भ्रम पनि हटेको सिद्ध भएको थियो र पर्वतका १ सय ८ वर्षसम्मकाले निर्धक्क खोप लगाएका थिए । खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले वैशाखभित्र सबै नेपालीले कोरोना खोप पाउने र खोपलाई व्यापार र नाफाको विषय नबनाउन बताएका थिए । नागरिकलाई खोप लगाउने सार्कमा भारतपछि नेपाल दोस्रो भएको थियो । युरोपमा खोप नपाएपछि अभियान स्थगन गर्नपरे पनि नेपालमा त्यसो नहुने मन्त्रीले बताएका थिए ।

निराश बन्दै ज्येष्ठ नागरिक

फागुन २४ गते खोप लगाएकी हरिमाया कहिले काठमाडाैँ त कहिले विदेशमा रहेका आफन्तसँग फोन गर्दै दोस्रो मात्रा लाउन नपाएर मरिन्छ कि भन्दै गुनासो गर्छिन् । जिल्ला स्वास्थ्यमा फोन गर्दा खोप नै नरहेको उत्तर पाउँदा जगेडा नै नराखेर सबै डाक्टरले सके होलान् र ? भन्दै विश्वास मान्दिनन् । कोभिडबाट एक मात्राले बचाउनेमा एकरती विश्वास मान्दिनन् ’cause आधा औषधि खाएर के रोग आधा वा पूरा निको हुन्छ र भन्दै थिइन् ।

कोरोना संक्रमण भएमा शरीरको प्रतिरोधात्मक क्षमता बढाउन आराम गर्ने र झोलिला पौष्टिक पदार्थ यथेष्ट सेवन गर्न जरुरी छ
ज्येष्ठ नागरिकमा जोखिमको सम्भावना धेरै भए पनि कोरोना फैलिएका देशको तथ्यांकअनुसार ८५ प्रतिशत संक्रमण मुक्त भएका छन्

फागुन २३ देखि २८ गतेसम्म १४ जिल्लाका ५५ वर्षमाथिका र अन्य जिल्लाका ६५ वर्षमाथिका करिब साढे १३ देखि १४ लाखले खोप लिएका थिए । खोपको पहिलो मात्राले आमविश्वास बढाए पनि दोस्रो मात्राको टुंगो नलागेपछि निराश छन् ज्येष्ठ नागरिक । सुरुमा ४ त्यसपछि ८ अनि १२ हप्ता गर्दै सारिएको खोपको दोस्रो मात्राको समय भारत सरकारले पछिल्लो समय १२ देखि १६ साताभित्र दोस्रो मात्रा लगाउने नीति बनाएपछि नेपाललाई थप राहत पुगेको छ । यद्यपि, जेठ पहिलो सातामै सांसद, संसद् सचिवालयका कर्मचारी, सांसदका स्वकीय सचिवसहित १ हजार ८ सयले दोस्रो डोज लिइसके ।

कोभ्याक्स सुविधामा कोभिसिल्ड उपलब्ध नहुने भएपछि अमेरिकाको जोनसन एन्ड जोनसनको एक मात्राले पुग्ने जनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनिका खोप दिन खोप सल्लाहकार समितिले सिफारिस गरेको छ । कोभ्याक्सले जेठ १८ मा अन्य विकल्पका लागि पत्राचार गरेको थियो । जम्मा १ करोड ३० लाख मात्रा खोप पाउनेमा ३ लाख ४८ हजार कोभिसिल्ड पाइसकेको छ । सिनोफार्मको भेरोसेल, रसियाको स्पुतनिक ५को भ्याक्समा दर्ता छैन, तसर्थ तत्काल यी खोप कोभ्याक्समार्फत पाउने अवस्था छैन । अझै मिति निश्चय छैन । पहिलो जुन खोप लगाएको हो त्यही नै दोस्रो मात्रा लिनुपर्छ र भारतले दिन नसक्ने भए उही खोप उत्पादक बेलायत, कोरियाबाट ल्याउनुपर्छ ।

भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेकाले स्वदेशमै आवश्यक पर्ने भन्दै भारत सरकारले खोप निर्यातमाथि अस्थायी रोक लगाएको छ भन्ने समाचार आएको भोलिपल्ट खण्डन गरेको छ । घोषणा हुँदासम्म भारतले ७६ देशमा ६ करोड बढी खोप निर्यात गरिसकेको छ । निर्यात रोकले कोभ्याक्स योजनाअन्र्तगत १ सय ९० बढी राष्ट्रलाई असर गर्नसक्ने थियो । कोभिडका अनेकन भेरियन्ट देखिँदै आएकाले सबैलाई खोपले सुरक्षा दिन नसक्ने भएकाले स्वास्थ्य मापदण्ड अपनाउन अझै पनि जरुरी छ ।

लक्षित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिकमध्ये १६ लाख ४४ हजार ५ सय ५८ जनाले खोप लिइसकेकाले लक्षित कुल जनसंख्याको करिब ८ प्रतिशत भ्याक्सिनेट भइसकेका छन् । पहिलो प्राथमिकताका लागि माघ १४ देखि फागुन १० सम्म तथा दोस्रो प्राथमिकताका पहिलो चरणमा ६५ वर्षमाथिका लागी फागुन २३ देखि चैत ३ सम्म चलेको थियो भने ५५ वर्षदेखि ६४ वर्षका लागि अर्थात् दोस्रो चरण चैत ५ गते सञ्चालन गरिने भनिएको खोप अभियान स्थगित भएको थियो । पहिलो प्राथमिकतामा परेकालाई दोस्रो मात्रा वैशाख ७ देखि ११ गते लगाइएको थियो ।

राष्ट्रपतिको खोप कूटनीति

प्रधानमन्त्रीलाई सरकार वा पार्टीमध्ये एक रोज भन्ने सल्लाह दिएको चीनसँग सम्बन्ध सुमधुर नभएको र दक्षिणतर्फ ढल्किरहेका बेला राष्ट्रपतिको खोप कूटनीति सुरु भएको बजार हल्ला छ । दक्षिणतर्फ जेठ ११ मा पत्र र उत्तरतर्फ जेठ १२ मा २ हप्तासम्मको पहलपश्चात् ४५ मिनेट लामो फोनमार्फत सहजीकरण गरेकी संवैधानिक राष्ट्रपति भण्डारीले त्यसैदिन चीनबाट १० लाख सहयोग र किन्न सहजीकरण गरिदिने प्रतिउत्तर आयो । त्यस्तै, अमेरिकी र रुसी राष्ट्रपतिसँग कुरा गराइदिन परराष्ट्र मन्त्रालय लागिरहेको छ । समय नमिलेपछि पत्र लेखेरै २१ गते पत्राचार गरेकी थिइन् । तथापि संवैधानिक राष्ट्रपति कार्यकारी अनुरोध भन्दै चासो व्यक्त गरिँदै छ । खोपका लागि काकुल भइसकेको नेपालका लागि आखिर कहिल्यै नहुनुभन्दा त ढिलै भए पनि वेश, प्रधानमन्त्रीले नभए पनि राष्ट्रपतिले भए पनि वेश भन्ने पनि धेरै छन् ।

तथापि संक्रमण देखिन सक्छ

२३ फागुनमा खोप लगाएका ७२ वर्षीय पुरुषमा कोभिड पोजेटिभ देखिएपछि चैत ९ मा टेकु अस्पतालमा निमोनियाको उपचारका लागि आइसोलेसनमा भर्ना भए । उनलाई परिवारसँगै फागुन २७ मा संक्रमण देखिएको थियो । खोप पहिले नै संक्रमण भएको हुन सक्ने अनुमान छ । तथापि, नयाँ दिल्लीमा अस्पतालमा कार्यरत नर्समा खोपको दुवै मात्रा अर्थात् पहिलो १८ जनवरी र दोस्रो १७ फेब्रुअरीमा लगाएको एक महिनापछि कोरोना देखिएको छ । उत्तर प्रदेशको लखनऊमा चिकित्सकमा पनि पूर्ण खोप लगाइसकेपछि संक्रमण देखिएको थियो ।

क्यालिफोर्नियाको १६ डिसेम्बर देखि ९ फेब्रुअरीसम्म मोर्डना र फाइजर खोप पहिलो डोज ३७ हजार र दुवै मात्रा २८ हजारले लगाएकामा गरिएको एक अध्ययन तथा न्यु इग्ल्यान्ड जर्नल अफ मेडिसिनमा चैत १० मा प्रकाशित रिर्पाेटमा खोपपछि पनि १.१९ प्रतिशतमा पुनः कोभिडको संक्रमणको सम्भावना रहन्छ । पहिलो डोज लगाएको २ सातासम्ममा ३ सय ७९ जनामा भने दोस्रो मात्रा पनि लिएकामध्ये ३७ जनामा संक्रमण देखिएको थियो । कोभिसिल्ड लगाएकामा प्रभावकारी ७२ प्रतिशत भएकाले २८ प्रतिशतलाई संक्रमण हुन सक्छ ।

रोकथाम

मर्निङ वाक नजाने, पूजा, भजन या समारोहमा नजाने, ज्वरो र रुघाखोकी लाग्दा नआत्तिने, भेटघाट नगर्ने, शरीरको प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त सुत्ने, घरभित्रै व्यायाम गर्ने, सकारात्मक सोच राख्ने, झोलिलो र पौष्टिक पदार्थ यथेष्ट सेवन गर्न जरुरी छ । उमेर बढेसँगै प्रतिरोधात्मक क्षमता घट्ने, अन्य दीर्घकालीन रोगहरू रहने भएकाले अन्य संक्रमणजस्तै कोरोनाको जोखिम बढी रहेको र त्यसैमा कोरोनाले फोक्सोमा आक्रमण र जटिलता गराउने भएकाले स्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू बढी सचेत हुने हो र वृद्धवद्धालाई मात्र र बढी लाग्ने होइन ।

पहिलो मात्राले बी–एन्टिबडी बनाउने र दोस्रो मात्राले टि सेल – भाइरस चिन्ने र मार्ने एक्टिभेट गरी एन्टिबडी बनाउने भएकाले दोस्रो मात्राको खोपले दिगो एन्टिबडी बनाउँछ । खोप लगाएकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै तीन चौथाइमा संक्रमण नहुने र भएमा पनि जटिल र मृत्यृ नहुने तथा अन्यमा संक्रमण सार्ने सम्भावना कम हुन्छ ।

अन्तमा, ज्येष्ठ नागरिकमा जोखिमको सम्भावना भए पनि कोरोना फैलिएका देशको तथ्यांकमा १५ प्रतिशत मृत्युदर र ८५ प्रतिशत संक्रमणमुक्त भएका छन् । सेल्फ क्वारेन्टाइनमा बसेर वृद्धवृद्धाले आफूलाई सुरक्षित राख्न सकिन्छ । मन आत्तिए झनै कमजोर हुने भएकाले मृत्यु भएका ३ प्रतिशतभन्दा निको भएका ९५ देखि ९७ प्रतिशतको तथ्यांक र समाचार आउन जरुरी छ । जसले आममानिसको मानसिक सुधारमा बढी उपयोगी हुन्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् । )

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?