खैरा औसन नदिमा सेक्टर बाँध निर्माण हुने

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित खैरा औसन नदिमा सेक्टर बाँध निर्माण हुने भएको छ । बुधवार क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र महतो तथा प्रबिधिक टोली सेक्टर बाँध निर्माण क्षेत्र निरीक्षण समेत गरेको राजपा नेपालका नेता नागेश्वर महतोले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका वडा नं. १० स्थित रहेको नदिमा प्रारम्भमा ५० लाखको लागतमा पहिलो चरणमासेक्टर बाँध निर्माण हुने भएको छ । सेक्टर बाँध निर्माण पछि बेला, खैरा, बिर्ताबजार, किसनपुर, मोहनपुर, रतनपुर लगायत दर्जौनौ गाउँबासी लाभ लिन सक्ने स्थानियहरुले बताएका छन ।
सेक्टर बाँध निर्माण भएपछि दजौनौ गाउँका हजारौ बिग्हा खेतमा किसानहरु सिंचाई गरी लाभान्वित हुने भएकोले भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं. २ ले प्रारम्भमा ५० लाख रकम बिनियोजन गरेको र डिपिआर आएपछि बहुवर्षिय योजनामा थप रकम थप गरी सेक्टर बाँध निर्माण हुने प्रदेश सांसद महतोले बताए ।
२०३९ सालमा यो नदिबाट सिंचाई भए पनि समान्य बिवाद भएपछि नदिको पानि त्यतिकै खेर गईरहेकोले आफु आफनो क्षेत्रका किसानहरुको जिवन स्तर उकास्न सेक्टर बाँध निर्माणमा पहल गरेको सांसद महतोले बताए ।अनुगमन कार्यक्रममा स्थानिय नेताहरु सहित विभिन्न गाउँका हजारौ स्थानियहरुको उपस्थिति रहेको थियो ।
सांसद महतो यस अघि ईश्वरपुर,चन्द्रनगर,कविलासी,ब्रह्म्प्ुरी लगायतको स्थानिय तहहरुमा विभिन्न योजनाहरु ल्याई काम अगाडी बढाएको प्रति आफुहरु सहि जनप्रतिनिधि छानेको महसुस गरेको चन्द्रनगर गाउँपालिकाका स्थानिय कैलाश साहले बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित