इभेन्टले सार्वजनिक ग-यो प्रगति विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट) ले एक लाख १५ हजार जनालाई तालिम दिने लक्ष्य राखेको छ ।

जसअन्तर्गत् भौचर र नतिजामा आधारित गरी पाँच वर्षभित्र एक लाख १५ हजारलाई तालिम उपलब्ध गराउने इभेन्टको लक्ष्य रहेको छ । परियोजनाले पछिल्लो तीन वर्षमा ४३ हजार आठ सय २३ जनालाई तालिम दिएकोमा चौथो वर्ष २० हजारलाई तालिम उपलब्ध गराउने जनाएको छ ।

– तीन वर्षमा ४४ हजारलाई तालिम
– तालिम दिएका मध्ये रोजगारी दर सरदर ७५ प्रतिशत

विश्व बैंकको ६ अर्ब आर्थिक सहयोगमा शिक्षा मन्त्रालयद्वारा व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको दोस्रो चरण सेप्टेम्बर २०१७ देखि १५ जुलाई २०२२ सम्म कार्यन्वयनमा रहेको छ । परियोजनाको पाँच वर्षको अवधिमा विपन्न, महिला, पिछडिएका समुदायसहित ६९ हजार पाँच सयलाई तालिम दिने लक्ष्य छ ।

हाल कोभिड १९ का कारण तालिम प्रभावित भएपनि पाँच वर्षे परियोजनाको अन्तिम दोस्रो वर्षसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेका छन् । परियोजना निर्देशक चन्द्रकान्त भुषालका अनुसार पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेका छन् ।

शिक्षा पत्रकार सञ्चालको आयोजनामा भएको कार्यक्रममा परियोजना निर्देशक भुषालले कोभिडका कारण यो वर्षको तालिम शुरु हुन नसकेको बताए । परियोजना अन्तर्गत हाउस वायरिङ, वल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर, पलम्वीङ लगायतका तालिम दिइएको छ ।

पहिलो वर्ष र दोस्रो वर्षमा रोजगारी दर सरदर ७५ प्रतिशत रहेको परियोजनाले जनाएको छ । कोभिड १९ का कारण गत वर्षको रोजगारी दर मुल्याकंन हुन नसकेको वताइएको छ ।

परियोजनाले तीन महिनाको तालिम र क्रमिक छ महिना रोजगारीको अवधि निर्धारण गरेको छ । कोभिड १९ का कारण गत वर्ष पनि तालिम ढिला शुरु भएको थियो । प्राविधिक विषय अध्ययन गर्ने छ हजार पाँच सय विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।

जसअन्तर्गत् टीएसएलसीकालाई जनही ५० हजार रुपियाँ र डिप्लोमाकालाई जनही एक लाख ५० हजार रुपियाँ छात्रवृत्तिवापत उपलब्ध गराइदैं आएको छ । इभेन्टले प्रकृया पुरा भएका ६० वटा विद्यालयलाई डेढ करोड रुपियाँका दरले अनुदान उपलब्ध गराएको छ । कोभिड–१९ र त्यसपछिको दोस्रो लहरले सबैभन्दा बढी भौचरमा आधारित तालिमलाई प्रभावित तुल्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी