अनलाइनबाट निःशुल्क आफ्नो डिम्याट खाता

काठमाडौं । विद्यमान कोभिड–१९ को संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनुपर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको स्वास्थ्यको ख्याल गरी चालू आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रूपमा आवश्यकता पर्ने भएकाले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताका लागि यो सेवा निकै नै फलदायी हुने बताइएको छ ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकून्् भन्ने उद्देश्यले यस कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ ।

ग्राहकको सम्पूर्ण जानकारी रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकाले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ । यसरी आफूले अनलाइनबाट डिम्याट खाताका लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेका लागि मात्र लागू हुने बताइएको छ ।

लगानीकर्ता र उद्यमीको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशील इन्भेस्टमेन्ट बैंकिङ सुविधा नबिल इन्भेस्टले पछिल्ला दिनमा सञ्चालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, बिजनेस क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्तालाई जोड्ने र सहज र छिटो बंैक कर्जा उपलब्ध गराउने उपायसहित बुक बिल्डिङ प्रविधिबाट निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्ने तथा सेयर रजिस्ट्रार सेवासहित एकै छानामुनि सबै आर्थिक तथा वित्तीय समाधान पर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’