२५ सिटमाथिका सार्वजनिक सवारीलाई पनि जोरबिजोर, खाद्य पसल दिनभर खुला

फाइल तस्वीर

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिएको छ । जारी निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्दै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा २१ असारसम्मका लागि थप गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बैठक बसेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैठकले निषेधाज्ञाको मोडालिटीमा केही परिमार्जन गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार बैठकले निजी सवारीमा लगाइएको जोरबिजोर भने यथावत् राखेको छ ।

‘निषेधाज्ञाको मोडालिटीमा परिमार्जन गरेर थप गरेका छौं, अब खाद्य पसल दिनभर खुल्छन्, २५ सिटमाथिका सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा सञ्चालन हुन्छन्,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा तोकिएको मापदण्ड पु-याएर बिहान ६ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने जानकारी दिए ।

यस्तै दैनिक उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म दैनिक सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए ।

खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजासामग्री पसल, खेलकुद सामग्री पसल र स्टेसनरी पसल अब हरेक दिन साँझ ६ बजेसम्म खुल्नेछन् ।

यसैगरी डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट पसल, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, निर्माण सामग्री, अटोमोबाइल पार्टस पसल भने दैनिक रूपमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।

यस्तै अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म खोल्न पाइनेछ ।

तर, सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना भने सञ्चालन गर्न पाइने छैन ।

यसैगरी खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि नपाइने जिल्ला प्रसासन कार्यालय काठमाडौंले जनाएको छ ।

यसैगरी विद्यालय, क्याम्पस तथा ट्युसन सेन्टर भौतिक रूपमा उपस्थित हुने गरेर पठनपाठन तथा परीक्षा सञ्चालन गर्न पनि अझै केही समय पाइने छैन ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण