सेयर बजार फेरि सकारात्मक लयमा

काठमाडौं । साताको पहिलो दिनदेखि नै सकारात्मक लयमा फर्किएको बजार सोमबार पनि बढेको छ । यस दिन सूचकका साथै कारोबार रकममा पनि वृद्धि आएको हो । पछिल्लो केही दिनयता घट्दै आएको बजारमा कम्पनीको सेयर मूल्य सस्तो हुँदै गएपछि लगानीकर्ता फेरि आकर्षित हुन थालेको अनुमान गरिएको छ ।

यस दिन २ सय १९ कम्पनीको ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँ बराबरका १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर कारोबार भएका छन् । आइतबार अघिल्लो दिन ७ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । नेप्से सूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८७५ दशमलव ४९ विन्दुमा आइपुगेको छ ।

सूचकसँगै कारोबार रकम पनि बढ्यो

लामो समयदेखि मूल्य बढ्न नसकेका र तुलनात्मक रूपमा राम्रो लाभांश क्षमता भएका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषण गरिएको छ । यस दिन बजारमा माइक्रोफाइनान्स र इन्भेस्टमेन्ट समूहमा वृद्धि आएको छ । बैंकिङ समूह पनि सोमबार हरियो बनेको छ । कारोबारमा आएका १३ मध्ये ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ भने, ७ वटा उपसमूहको सूचक घटेका छन् ।

नेपाल राष्ट्र बैंकले साउन पहिलो साताभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउने मौद्रिक नीति बजारमैत्री हुने लगानीकर्ताको विश्वासले समेत बजार फेरि आफ्नो लयमा फर्किएको धेरैको बुझाइ रहेको छ । बिस्तारै बैंकिङ समूहमा पनि चमक देखिने संकेत देखापरेको छ । यसैगरी, अरू समूह पनि पालैपालो वृद्धि हुने गरेको छ ।

अहिले सेयर बजार समग्रमा बुलिस ट्रेन्डमा रहेको छ । वित्तीय प्रणालीमा सहज तरलता, सस्तो ब्याजदरले पनि बजारको औसत गति माथितिर जान सहयोग गरेको जानकारहरूको भनाई छ । अनलाइनबाट सेयर कारोबार गर्न पाउँदा विगतको तुलनामा लगानीकर्तालाई निकै फाइदा भएको छ । यसले सेयर बजारलाई नयाँ उचाईमा लैजान सहयोग पुग्ने विश्वास रहेको छ । लगानीकर्ताले कुनै पनि कम्पनीको नाफा, रिजर्भ, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात तथा भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई ख्याल गर्दै लगानी गर्नुपर्ने हुन्छ ।

यस दिन कारोबारमा आएका २ सय १९ कम्पनीमध्ये सबैभन्दा बढी करोबार अपर तामाकोसी हाइड्रोपावर कम्पनीको भएको छ । यसको ६६ करोड ९४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो । त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः नेपाल इन्सुरेन्स र राधी हाइड्रोपावर परेका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव १७ अंकले बढेर ५३३ दशमलव ५७ को विन्दुमा आइपुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी