सप्तरीमा धान दिवस मनाइयो

 

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, बलान बिहुल गाउँपालिका तथा बोदेबरसाइन नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको बताए ।

कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगत बर्षहरु देखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको बताए । अध्यक्ष सिंहले कृषकलाई आत्मनिर्भर बनाएमात्र समृद्धि ल्याउन सकिनेमा जोड दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँपालिकाले विगत बर्षहरुदेखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने बताए ।

सो अवसरमा वडा अध्यक्षहरु गोपी मण्डल, गुलाब प्रसाद सिंह, लक्ष्मी प्रसाद मण्डल तथा कृषकहरुको सहभागिता रहेको कृषि विकास शाखाप्रमुख उदयकान्त झाले जानकारी दिए ।

यस्तै मंगलबारै सप्तरीको बलानबिहुल र बोदेबरसाईन विभिन्न कार्यकम गरि १८ औ धान दिवस तथा रोपाई दिवस मनाईएको छ । बलान बिहुल गाउपालिका ५ स्थित रामनगरमा किसानहरूले धान रोपी, दही, च्युरा खाएर धान दिवस मनाईएका हुन् ।

सो अवसरमा बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईतेले किसानलाई कृषि तर्फ आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र र साना सहकारी संस्था लि. को संयोजनमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले कृषीलाई ब्यवसायीकरण गर्न सिचाईमा जोड दिनुपर्ने बताए ।

सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिचाई अभावका कारण भएका सिचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको उनको भनाई थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी