नेपालसहित एमालेका ११ नेताको कारवाही फुकुवा !

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बुधबार बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेको निर्णय गरिनेछ । पार्टी २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्केको घोषणासँगै केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । आगामी शुक्रबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । नेकपा एकतापछि एमालेमा फर्किएका माओवादी केन्द्रका नेताहरूसमेत नेकपामा हुँदा जुन जिम्मेवारीमा थिए, त्यही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा चुनावपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील सूचीमा