Saturday, September 25, 2021
Your Ads Here
Homeखेलमहिला भलिबल टोली व्यवस्थापकबाट मास्केले दिइन् राजीनामा

महिला भलिबल टोली व्यवस्थापकबाट मास्केले दिइन् राजीनामा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । महिला राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छन् । फिलिपिन्समा दुई महिनापछि हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको छ । असार १ देखि टोलीको प्रशिक्षणका लागि सम्पूर्ण तयारी र व्यवस्थापनमा खटिएकी मास्केले घरायसी कारण देखाउँदै राजीनामा दिएकी हुन् । मंगलबारकै मितिबाट लागू हुने गरी राजीनामा स्वीकृति गर्न नेपाल भलिबल संघका अध्यक्षलाई राजीनामा बुझाएको उनले बताएन् । मास्के भलिबल संघकी उपाध्यक्ष हुन् ।

मास्केले संघका कार्यवहाक अध्यक्ष याम गुरुङ र महासचिव जितेन्द्र चन्दलाई आफूले राजीनामा पत्र बुझाएको बताइन् । उनले आफू व्यवस्थापकका रूपमा नरहे पनि संघको अन्य काममा भने विगतमा जस्तै सक्रिय रहने बताएकी छन् ।

पोखरामा रहेका संघका कार्यवहाक अध्यक्ष गुरुङले आफूले पनि भर्खर मास्केको राजीनामाबारे जानकारी पाएको जनाउँदै शनिबारका लागि छलफल गर्न बैठक डाक्ने बताए । संघको शुक्रबार बसेको पछिल्लो बैठकमा पनि मास्केले आफू व्यवस्थापकको जिम्मेवारीबाट अलग हुन चाहेको गुरुङले बताए । ‘उनले म आवश्यक सहयोग सबै गर्छु । यो जिम्मेवारी अरूलाई दिनुस् भन्ने उनको प्रस्ताव थियो,’ कार्यवहाक अध्यक्ष गुरुङले भने, ‘तर सबै साथीहरुले सुरुदेखि तपार्इंले जिम्मेवारी लिएर काम गर्नुभएको हो । काम पनि राम्रो भइरहेको छ, नछाड्न भनेका थियौं । अहिले फेरि के भयो मैले बुझ्न बाँकी छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दुई खेल खेलेर अफ्रिदी फर्किने

गुरुङले टोलीको तयारी जारी रहने बताएका छन् । भदौ १३ देखि २० गतेसम्म हुने च्याम्पियनसिपका लागि संघले २७ खेलाडीको संलग्नतामा प्रशिक्षण गराइरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन् । शुक्रबारकै बैठकले संघका सचिव मनवीर छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय खेलाडी छनोट समिति पनि गठन गरेको थियो । च्याम्पियनसिपमा सहभागी हुने १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेकाले सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गर्ने गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

(Visited 68 times, 1 visits today)

आजको समाचार

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

साताका लोकप्रिय समाचार

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

हिजो हामी अष्टलक्ष्मी शाक्यकै लागि लड्यौ आज उहाँले धोका दिनु भो : मनु सिग्देल

  नेकपा एमाले भित्रको अन्तर विरोधपछि विभाजित भएर बनेको नेकपा समाजवादी पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलसंग पार्टीको आन्तरीक गतिविधि तथा...

ट्रेन्डिङ

संक्रमित कैदी आइसोलेसनबाट फरार

स्याङ्जा । कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका एक कैदी आइसोलेसनबाटै फरार भएका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको...

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)